
सल्यान, ७ फागुन ।
सल्यान जिल्लामा नेपाली कम्युनिष्ट पार्टीप्रति आसा र विश्वास बढ्दै जाँदा पार्टी प्रवेश गर्नेहरुको क्रम निरन्तर बढिरहेको छ । यही क्रममा आज सल्यानको त्रिबेणीमा नेकपा एमालेका नेता शेर बहादुर रावतले औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रावतले नेपाली कम्युनिष्ट पार्टी नै असल, जनमुखी र परिवर्तनको पक्षमा उभिएको पार्टी भएको बताउनुभयो । साथै, पार्टीका नेता प्रकाश ज्वालाको नेतृत्वदायी भूमिकाले आफू प्रभावित भई यस पार्टीमा समाहित भएको स्पष्ट पार्नुभयो ।
उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरी नेपाली कम्युनिष्ट पार्टीका प्रत्यक्ष तर्फका उम्मेदवार रमेश मल्ल तथा समानुपातिक तर्फका उम्मेदवार शारदा परियारलाई विजयी गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै, समग्र सल्यानवासीलाई परिवर्तनको पक्षमा उभिन र पार्टीको अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।
पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ । यसले पार्टीप्रति जनताको भरोसा, आकर्षण र राजनीतिक विश्वास थप बलियो बन्दै गएको स्पष्ट संकेत गरेको स्थानीय राजनीतिक विश्लेषकहरुको भनाइ छ ।