सल्यान खैराबाङ यातायात शारदा यातायातमा समायोजन

सल्यान, २९ फागुन ।
सल्यानबाट सञ्चालन हुँदै आएको सल्यान खैराबाङ यातायात प्रालि शारदा यातायात सेवा प्रालिमा समायोजन भएको छ।
बिहीबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा बसेको यातायात व्यवसायीहरूको बैठकले समायोजन गर्ने सहमति गरेको हो।
यातायात व्यवसायीहरू एकताबद्ध भई यात्रुलाई सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सल्यान खेैराबाङ यातायात प्रालिलाई शारदा यातायात सेवा प्रालिमा समायोजन गरिएको शारदा यातायात सेवा प्रालिका अध्यक्ष शंकरदेव खड्काले जानकारी दिनुभयो।

२०७३ सालदेखि सञ्चालनमा आएको शारदा यातायात सेवा प्रालिबाट हाल करिब ६५ भन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन्। यस यातायातका गाडीहरूले जिल्लाका विभिन्न क्षेत्रसँगै काठमाडौं, नेपालगन्ज, दाङ, सुर्खेत लगायतका प्रमुख सहरसम्म नियमित रूपमा सेवा सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस