
सल्यान, ९ पुस ।
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशस्तरीय छनोट खेल्ने सल्यानको टोली घोषणा गरिएको छ । दिवान पुनको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । हालै सम्पन्न छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले जानकारी दिनुभयो ।
टोलीमा दिनेश अधिकारी, दीपेन्द्र रावत, आश्विन सिंह, मोहन केसी, किशोर वली र सचिन विक रहनुभएको छ । यस्तै अनिरुद्ध कँवर, भरत विसी, शैलेश शाही, जेनिश बुढाथोकी, रोहित हमाल, विक्रम रोका र दीपक भुल सल्यानको टोलीमा रहनुभएको छ । टिम कोचमा विबेश बाबु श्रेष्ठ र टिम व्यवस्थापकमा सविन श्रेष्ठ रहनुभएको छ । अवको केही दिनमा नै प्रदेश स्तरीय छनौट खेल हुदैँ छ ।