
सल्यान, ७ साउन ।
शहीद सोभाराम बस्नेतको २४ औं स्मृति दिवसको अवसरमा सिद्ध कुमाख गाउँपालिका–२, भडारेस्थित सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्मृति दिवसको अवसरमा शहीद बस्नेतका छोरा मनविर बस्नेतले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलमलगायतका शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

यसअघि पनि मनविर बस्नेतले निराजन माध्यमिक विद्यालयमा आत्मनिर्भर कोष स्थापना, देउराली माध्यमिक विद्यालयमा शैक्षिक सुधार कोष निर्माण तथा जिल्लामा ब्लड बैंक स्थापना लगायतका क्षेत्रमा महत्वपूर्ण आर्थिक सहयोग प्रदान गर्दै आउनुभएको छ । समाजसेवा र राजनितिमा सक्रिय मनविर बस्नेतले आगामी दिनहरूमा पनि शैक्षिक तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।