
सल्यान, १५ साउन ।
लक्ष्मी सनराइज बैंकको सल्यान श्रीनगर शाखाले बृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विहीबार छत्रेश्वरी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालय शंखमुलको परिसरमा बृक्षारोपण गरिएको हो । सो अवसरमा विभिन्न प्रजातीका करिब एक सय बिरुवा रोपिएको बैंकका शाखा प्रबन्धक राज कुमार शाहले जानकारी दिनुभयो ।
बिद्यालयका प्रधानाध्यापक जित बहादुर भण्डारीले वृक्षारोपण कार्यक्रमप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यालय र समुदायलाई थप प्रेरणा र सहयोग पुग्ने बताउनुभयो । बृक्षारोपण कार्यमा अभिभावक, बैँकका कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।