
सल्यान, ३१ साउन ।
जिल्ला प्रशासन कार्यालय सल्यानले अबदेखि नागरिकता सिफारिसका लागि अनलाइन प्रणाली अनिवार्य गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार भदौँ १ गतेबाट यो व्यवस्था अनिवार्य लागु हुदैँ छ । जिल्ला प्रशासन कार्यालय सल्ल्यानले जारी गरेको सूचनामा भनिएको छ, स्थानीय तह अन्तर्गतका सबै वडा कार्यालयहरूबाट सिफारिस लिने सेवाग्राहीहरूको अब अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत सिफारिस गर्नुपर्नेछ ।
‘२०७८ साल माघ ९ गतेपछि अनलाइन सिफारिस प्रणाली अनिवार्य गरिएको हो, नागरिकता सिफारिसको सन्दर्भमा अब लिखित/म्यानुअल सिफारिसहरू जिल्ला प्रशासन कार्यालयले स्वीकार नगर्ने व्यवस्था गरिएको छ’ सूचनामा भनिएको छ । अझै पनि केही स्थानीय तहहरूबाट म्यानुअल सिफारिस हुने गरेकाले त्यस्ता सिफारिसहरू अब अस्वीकृत गरिने र त्यसको जिम्मेवारी सम्बन्धित स्थानीय तहका वडाहरुकै हुने प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना कार्यान्वयनका लागि स्थानीय तहका वडाहरूलाई आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गरेको छ । नागरिकता वितरण कार्यलाई छिटो, छरितो, त्रुटि नहुनको लागि व्यवस्थित र प्रवधिमैत्री बनाउँदै सेवाप्रवाहको गुणस्तरमा अभिवृद्धि गर्न अनलाइनस सिफारिस अनिवार्य गरिएको हो । अनलाइनबाट सिफारिस गर्नको लागि जिल्ला प्रशासन कार्यालयले यसअघि पालिकामै पुगेर प्रशिक्षण प्रदान गरेको थियो ।
सूचना :
