प्रहरीसँगै सडक मर्मतमा जुट्यो दाङबाट आएको स्वयंसेवी टोली

सल्यान, ४ भदौ ।
दाङबाट सल्यान पुगेको एक स्वयंसेवी टोलीले लुहाम–काभ्रा सडक खण्डमा प्रहरीसँगै सडक मर्मतको काम गरेको छ । उपेन्द्र पौडेलको नेतृत्वमा रहेको उक्त टोलीले सल्यानमा सडक मर्मत कार्यमा श्रमदान गरेको हो । सल्यानका प्रहरी प्रमुख डा. हेम बहादुर केसीको अगुवाइमा सुरू गरिएको श्रमदान अभियानमा साथ दिन दाङबाट आएर आफूहरूले सहभागिता जनाएको टोलीका समन्वयकर्ता तथा समाजसेवी उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

टोलीमा सन्दीप गौतम, मेघराज केसी, भूपबहादुर भण्डारी, विकास सेन ठकुरी, तिलक बि.क., सुन्दर रोकाया, राम योगी, नारायण डाँगी, अर्जुन राणा लगायतको सहभागिता रहेको थियो । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, नाला सफा गर्ने र वाटो मर्मतका अन्य कार्यहरूमा टोलीले प्रहरीसँग मिलेर काम गरेको हो । प्रहरी र बाह्य स्वयंसेवीहरूको सहकार्यले जनहितका यस्ता कार्यमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस