
Photo : Jitprasad Acharya
सल्यान, १२ असोज ।
रुकुमबाट दाङ जादैँ गरेको गाडी सल्यानमा दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ४ वजेतीर राप्ती राजमार्गको कपुरकोट सडक खण्ड स्थित चोरखोलामा रुकुम पश्चिमबाट दाङ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी दुई जना गम्भिर घाइते भएका छन् ।
मृतक र गाडी चालक कसैको पनि परिचय खुलेको छैन् । गम्भिर घाइते भएका रुकुम बाफिकोटका ४७ बर्षिय खगेन्द्र केसी र ३६ बर्षिया बिना केसीको दाङमा प्रारम्भिक उपचार पश्चात थप उपचारको लागि नेपालगन्ज पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।