प्रथम त्रैमासिक स्वतः प्रकाशन तत्काल गर्न अनुरोध

‘जिल्लास्थित सबै कार्यालयले २०८२ कार्तिक १५ भित्र प्रथम त्रैमासिक स्वतः प्रकाशन गरिसक्नुपर्ने छ, सूचना संस्कृति हाम्रो चिनारी बनोस्, सूचना प्रकाशित गर्दा सुशासनमा टेवा पुग्छ, पारदर्शता मार्फत विश्वसनियता बढ्छ’ उहाँले भन्नुभएको छ ।


सल्यान, ११ कार्तिक ।
सल्यानमा सूचना हकको सुनिश्चितताका लागि स्वतः प्रकाशन गर्न सबै निकायलाई अनुरोध गरिएको छ । चालू आर्थिक बर्ष २०८२÷०८३ को पहिलो त्रैमासिक अवधि समाप्त भएको सन्दर्भमा जिल्ला हुलाक कार्यालय सल्यानले सबै कार्यालय प्रमुख तथा सूचना अधिकारीहरूलाई सूचना हकसम्बन्धी ऐन र नियमावली बमोजिम कार्य सम्पादनबारे स्वतः प्रकाशन गर्न अनुरोध गरेको हो ।

जिल्ला हुलाक अधिकृत चिन्तामणी रेग्मीले यस्तो स्वतः प्रकाशनले सरकारी कामकाजलाई खुला, पारदर्शी बनाउनुका साथै नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउने उद्देश्य राखिएको जानकारी दिनुभयो । जारी सूचनामा भनिएको छ, ‘प्रथम त्रैमासिक अवधिको स्वतः प्रकाशन गर्ने समय सुरु भइसकेकोले, कार्तिक १५ गतेभित्र प्रत्येक कार्यालयले आफ्ना काम, कारवाही तथा गतिविधिहरू ऐन २०६४ तथा नियमावली २०६५ अनुसार निर्धारित ढाँचामा सार्वजनिक गर्न आवश्यक छ ।’

सूचनामा सम्पूर्ण कार्यालय प्रमुख तथा सूचना अधिकारीहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक विवरण प्रकाशित गरी सूचना हकको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्न विनम्र अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले स्वतः प्रकाशन गरिदा सार्वजनिक निकायको पारदर्शता मार्फत विश्वसनियता बढ्ने बताउनुभयो । ‘जिल्लास्थित सबै कार्यालयले २०८२ कार्तिक १५ भित्र प्रथम त्रैमासिक स्वतः प्रकाशन गरिसक्नुपर्ने छ, सूचना संस्कृति हाम्रो चिनारी बनोस्, सूचना प्रकाशित गर्दा सुशासनमा टेवा पुग्छ, पारदर्शता मार्फत विश्वसनियता बढ्छ’ उहाँले भन्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस