सल्यान जेसीज वर्ष २०२६ को अध्यक्षमा जेसी मेग बहादुर चलाउने

सल्यान, ३० फागुन ।
सल्यान जेसीज बर्ष २०२६ को अध्यक्षमा जेसी मेग बहादुर चलाउने चयन हुनुभएको छ । शनिवार जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा भएको नवौँ पद हस्तान्तरण तथा पदस्थापन समारोहमा वर्ष २०२६ को अध्यक्षमा जेसी मेग बहादुर चलाउनेका साथै कार्यकारिणी उपाध्यक्षद्धय जेसी दिपेन्द्र डाँगी र जेसी प्रकाश बाबु चन्द रहनुभएको पाइएको हो ।

यस्तै उपाध्यक्षहरुमा जेसी सुरेशभक्त बुढाथोकी, जेसी सन्जय हमाल, जेसी सन्तोष बुढाथोकी, जेसी ग्रेट गिरी, सचिवमा जेसी नोखिराम खत्री रहनुभएको छ भने जेसीज विधान अनुसार अध्यक्षद्धारा मनोनितमा महासचिवमा जेसी गगाराम डिसी, कानुनी सल्लाहकारमा जेसी घनश्याम अधिकारी, कोषाध्यक्षमा जेसी रबिन थापा र बर्ष २०२६ का लागि निर्वाचन आयुक्तमा जेसी डम्बर केसी रहनुभएको छ ।

जेसीज बर्ष २०२५ का अध्यक्ष मोहन डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्वअध्यक्षहरु जेसी राजेन्द्र कुमार थापा, जेसी घनश्याम अधिकारी, जेसी मोहन सारु, जेसी नरेन्द्र बुढा मगर, जेसी डम्बर केसी र जेसी अशोक कुमार बोहराको पनि आतिथ्यता रहेको थियो । यस कार्यक्रम व्यवस्थापनको लागि आर्थिक सहयोग मोर्डन तुल्सी सेकेन्डरी स्कुल शितलपाटीले गरेको थियो ।

कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष डाँगीले जेसीज चैन नवनिर्वाचित अध्यक्ष चलाउनेलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको सयोजन जेसी अंगत वलीले गर्नुभएको थियो भने सहजीकरण जेसी सुशील आचार्य र जेसी गंगाराम डिसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस