सल्यान उद्योग वाणिज्य संघद्वारा घुम्ती शिविर सञ्चालन हुदैँ

सल्यान, ३ साउन ।
सल्यान उद्योग वाणिज्य संघ, सल्यानले आर्थिक वर्ष २०८३/०८४ का लागि सदस्यता नवीकरण तथा नयाँ सदस्यता दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । संघले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म सदस्यता नवीकरण गर्ने सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यवसायीप्रति धन्यवाद व्यक्त गर्दै अब आर्थिक वर्ष २०८३/०८४ को असार मसान्तसम्म सदस्यता नवीकरण गर्न आग्रह गरेको छ । समयमै नवीकरण नगरे संघबाट प्रदान गरिने सेवा–सुविधाबाट वञ्चित हुन सकिने भएकाले निर्धारित अवधिभित्र नवीकरण गर्न अनुरोध गरिएको छ ।

विगत वर्षझैँ यस वर्ष पनि व्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले साउन ७ गतेदेखि विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालन गरिने संघले जनाएको छ । संघले तोकेको स्थानमा उपस्थित भई नयाँ सदस्यता दर्ता, नवीकरण तथा अन्य सेवा लिन सबै उद्योगी–व्यवसायीलाई आग्रह गरिएको छ । संघका महासचिव मोहन सारुले सूचना जारी गर्दै सबै व्यवसायीलाई समयमै सेवा लिन र नवीकरण प्रक्रिया पूरा गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस