सल्यानको त्रिबेणीमा नेपाली काँग्रेस परित्याग गरी ८१ जना कार्यकर्ता नेकपामा प्रवेश

सल्यान ११, भदौँ ।
सल्यानको त्रिबेणीमा नेपाली काँग्रेस परित्याग गरेर ८१ जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) त्रिबेणी गाउपालिका वडा नम्बर ३ को सपथ ग्रहण कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य कृष्ण डाँगी सहित ८१ जनाले पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले पार्टीमा स्वागत गर्नुभएको छ । पार्टीमा स्वागत गर्दै बस्नेतले पार्टीको बिधि र पद्धतिमा रहेर पार्टीको हितको लागी काम गर्न निर्देशन दिनुभयो । जनताले रुचाएर नै नेकपालाई देशको पहिलो र ठूलो शक्ति बनाएको बताउदैँ उहाँले देशको बिकास र समृद्धि नेकपा कै सरकारले गर्ने बताउनुभयो ।

सो अबशरमा २५ सदस्यीय वडा कमिटीलाई गाउँ कमिटीका अध्यक्ष लोकेन्द्र सिंह खड्काले सपथ ग्रहण गराउनु भएको थियो । सपथ ग्रहण कार्यक्रममा नेकपाका सल्यान जिल्ला ईन्चार्ज वस्नेत, गाउँ कमिटी अध्यक्ष खड्का, गाउँ कमिटीका सचिव अजय रोका, जिल्ला कमिटी सदस्यहरु भिउसेन नेपाली, बुद्धि केसी लगाएतको आतिथ्यता रहेको थियो । वडा कमिटीका अध्यक्ष मान बहादुर डाँगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा कमिटीका सचिव नेब बहादुर खड्काले गर्नुभएको यूवा संघका नेता डिल्लीराज खड्काले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस