नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत नियुक्त

 

सल्यान टुडे
सल्यान २, कार्तिक

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छन् ।

गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले कोरियाली विदेश मन्त्रालयका पदाधिकारीसँग पहिलो भेटघाट गरिन् ।

योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने स्पष्ट पारिन् । उनले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस