१६०० किलोको राँगोः आहारा दैनिक १० लिटर दुध र दुई दर्जन केरा !

कार्तिक १७ ।
एजेन्सी । भारतको हैदराबादमा आयोजित पशु मेलामा अनौठो राँगो प्रदर्शनमा राखिएको छ । मेलामा राखिएको १६ सय किलोको राँगो सबैको आकर्षक बनेको छ । यो नश्ल सुधार गरेर जन्माइएको राँगो हो । यसको कद ७ फुट र लम्बाइ १५ फुट रहेको छ ।


हैदराबादका पुलिस कमिश्नर अंजनी कुमारले राँगोसँगकोे तस्बिर सार्वजनिक गरेका छन् । राँगोसँग सेल्फी लिनेको मेलामा भिड लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो २ वर्षमा १ लाख २५ हजार भारतीय रुपैयाँ अर्थात नेपाली दुई लाख रुपैयाँ राँगोका मालिकले पुरस्कार पाएका छन् । मेला संयोजक अभिनन्दन यादवले विभिन्न प्रकारका राँगो मध्ये यहीँ राँगोले पुरस्कार प्राप्त गर्ने गरेको बबताउनुभयो ।

राँगोको तौल १६०० किलो रहेको छ । यो राँगोले हरेक दिन विभिन्न प्रकारका दाल, एक किलो फलफूल, १० लिटर दुध, दुई दर्जन केरा खान्छ । यसले घाँस पनि महंगो खालको खाने गरेको छ । यसलाई हरेक दिन ५ किलोमिटर हिडाउने गरिएको छ ।

यादवकाअनुसार हरेक दिन यो राँगोलाई तेल लगाएर मालिस गरिन्छ । यो राँगो खरिद गर्नका लागि सयौँ व्यक्ति आएपनि आफूले बिक्री नगरेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित