बिद्यालय ब्यबस्थापन समिती गठन

सल्यान ७, मंसिर ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ७ कजेरीमा रहेको जनबिकास आधारभूत बिद्यालयमा नयाँ बिद्यालय ब्यबस्थापन समिती गठन गरिएको छ । शुक्रबार सम्पन्न अभिभावक भेलाले बलबिर खड्काको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिती गठन गरिएको छ ।

जसको सदस्यहरु सरिता परियार, ललिता कुमारी बुढाथोकी रोका, केवली खड्का, जीत बहादुर रोका, लिला बहादुर रोका, खुम बहादुर रोका, प्रेमी कुमारी कामी र सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक शारदा राणा रहनु भएको छ ।

वडाअध्यक्ष लिला बहादुर रोकाको बिशेष उपस्थितीमा ब्यबस्थापन समिती गठन गरिएको बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित