कविता : जुत्ता

सल्यान २६, पौष ।

हेर्छु
फेरी हेर्छु
कतै धुलो लाग्यो की भनेर
पिंङ खेलिराखेका कण गनेर
ध्याउन्नमा लागेको बैरागी बनेर
खै भेटेको धुलो, धुलो जस्तो लाग्दैन
सम्झिरहन्छु दुबैलाइ भुलो जस्तो लाग्दैन
उत्तिकै चाहलाग्छ दुब्बै जोडीको मलाई
यो नयन यस्तै हो कि उपहार हो मलाई ।

प्रिय जुत्ता ! मलाइ मेरो जोडिको प्रबाह छैन
एउटा कालो अर्को हरियो जे होस फरक पर्दैन
देख्नेले जे भनुन मेरो हुलाकमा खबर आउनेवाला छैन
थाहा छ ? त्यस्तो हुलाकी मेरो कार्यालयमा भर्ना गरेकै छैन
प्रबाह छ त तिमी जस्तै मेरो जुत्ते जी को ।

नयाँ होउन्जेल इज्जत धान्ने पुरानो भयो थाङ्ने
नयाँ नै देउ सक्छौ पुरानो हैन आयो भने माङ्ने
थोरै भएनी माङ्नेले इज्जत देख्ने अवसर पाउला
मेरो खुट्टामा नयाँ जुत्ता भन्दै गित त गाउला ।


तर जुत्ता ! मलाइ यदि तिमिले तिमि संग तिमि जस्तै देख्यौ भने
म तिम्रो तलुवा जस्तो नि छैन
बस् ! कारण नसोध्नु
सधै मैले सिंहमर्मर टेक्दैन
मेरो अनुहारले प्राय पालिस देख्दैन
फलानो जुत्ता भनेर नाम कस्सैले लेख्दैन
खै र तिमि पसलबाट बिक्रि भएर आयौ
म मलाई मेरै लागी डढेलो लाउन पर्खिएको ज्वालाबाट आए ।

बस् ! तिम्रो र मेरो समानता यत्ती रह्यो
तिमी अर्काको इज्जतको लागी
म पनि अर्कैको इज्जत कै लागी
तिमी श्रमले फाट्छौँ
म अरुले देखाएको भ्रमले ।

प्रतिक्रिया दिनुहोस