सल्यान–दाङ सडकको सुधारको लागि सल्यानमा अन्तरक्रिया गरिदैँ

सल्यान १२, पुस ।
राप्ती लोकमार्ग अन्र्तगत सल्यान–दाङ सडकको सुधारको लागि सल्यानमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । जिल्लाका सुरक्षा निकाय, राजनितिक दल, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायि सहित सरोकारवालाहरुको बिचमा पुस १४ गते बुधवार जिल्ला प्रशासन कार्यालय सल्यानमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो । राप्ती लोकमार्ग अन्र्तगत कपुरकोट क्षेत्रमा भैरहेको सडक स्तरोन्नतीको काम छिटो सम्पन्न गर्नुपर्ने लगाएतका बिषयमा छलफल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो । उहाँले जीर्ण बनेको यस सडकलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने बिषयमा पनि छलफल हुने जानकारी दिनुभयो ।

https://salyantoday.com/2021/12/26/9024

यस सडकको समस्या दिगो रुपमा समाधान गर्ने बिषयमा पहल गरिरहेको पुर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभएको छ । राप्ती लोकमार्गको निर्माणाधिन खण्डमा तत्काल सडक सहज बनाउन, यस लोकमार्गका लागि बिभिन्न शिर्षकमा प्राप्त बजेटको यथाशिघ्र टेण्डर गरि काम अघि बढाउन, राजमार्गको स्तरोन्नती (कालोपत्रे) गर्नको लागि संघीय भौतिक पूर्बाधार मन्त्रालयमा पुगेको बहुबर्षिय ठेक्काको फाइल छिटो अघि बढाउनका लागि पहल गर्न सडक डिभिजन कार्यालय दाङलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

यस सडकमा अहिले भैरहेको स्तरोन्नतीको कामलाई छिटो सम्पन्न गरी आमनागरिकलाई सहज रुपमा यात्रा गर्ने बातावरण सिजर्ना गर्न र सरोकारवालाहरुका बिचमा छलफल तथा अन्तरक्रिया गर्न माग गर्दै आइतवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानले जिल्ला प्रशासन कार्यालय सल्यानलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस