बाँके दुर्घटना अपडेट : सल्यानका एक जनाको मृत्यू भएको पुष्टी

सल्यान १९, जेष्ठ
बाँकेमा भएको सडक दुर्घटनामा परी सल्यानका एक जनाको मृत्यू भएको पुष्टी भएको छ । जिल्लाको सिद्ध कुमाख गाउपालिका वडा नम्बर ५ का निम बहादुर वलीको मृत्यू भएको पुष्टी भएको हो । उनीसँगै दुर्घटनामा परेर १२ जनाको मृत्यू भएको छ भने २१ जना घाइते भएका छन् ।

सल्यान आउदैँ गरेको फोर्स गाडी अगैयामा दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते

भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी ठुरिया जंगलमा रोकिराखेको वा ४ ख ९०६४ नम्वरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना परी घाइते हुनेहरुमा सल्यानका धेरै रहेका छन् । दुर्घटना घाइते हुनेहरुमा सल्यानका १० जना, दाङ्गका ६ जना र रोल्पाका ५ जना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसैबिच बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैया नजिक भएको दुर्घटनामा परेर मृत्यु भएका र घाइतेहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बाँके दुर्घटना अपडेट : घाइते २१ जनाको परिचय खुल्यो, मृतकको सनाखत हुन बाँकी

हेर्नुस् मृतक र घाइतेको सूची

दुर्घटना प्रति मन्त्री ज्वालाद्धारा दुःख व्यक्त
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बाँकेको राप्ती सोनारी गाउँपालिका २ मा भएको दुर्घटना प्रति दुःख व्यक्त गर्नुभएको छ । शोक वक्तव्य जारी गर्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।


सिद्ध कुमाख गाउपालिकाद्धारा दुःख ब्यक्त
सल्यानको सिद्ध कुमाख गाउपालिकाले बाँकेमा भएको सवारी दुर्घटना प्रति दुःख ब्यक्त गरेको छ । गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा र प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले संयुक्त शोक वक्तब्य जारी गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा मृतक परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस