एमससी टिम नेपाल आउँदै

 

काठमाण्डौँ ।
इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब ९एमसीसी० नेपालविरुद्ध सिरिज खेल्न आज काठमाण्डौ आइपुग्दैछ । आज बिहान १०ः१५ बजे एमसीसीको टिम काठमाण्डौ अवतरण गर्नेछ । एमसीसीले काठमाडौ र पोखरामा गरि ६ वटा म्याच खेल्ने छ ।

नेपाली राष्ट्रिय टिम विरुद्ध टी–२०, एकदिवसिय र तीन दिवसिय सिरिजका लागि आउन लागेको एमसीसीमा अधिकांश खेलाडी इंग्ल्याण्डको यू १९ टिमबाट खेलिसकेका छन् । टिमको कप्तानी गर्ने जिम्मी एड्म्स टिमका अनुभवी खेलाडी हुन्

टिममा रहेका विल रोड्सले २०१४ मा इंग्ल्याण्डको यू १९ टिमबाट खेलेका थिए । पाकिस्तान टिमबाट टेष्ट खेलिसकेका यासिर अराफात पनि टिममा छन् । उनी सन् २००० देखि २०१२ सम्म पाकिस्तानको टेष्ट टिममा थिए ।

प्रतिक्रिया दिनुहोस