तस्वीरमा सल्यान : हेर्नुहोस् (सात उत्कृष्ट तस्वीर)

“सल्यान चिनाउने हाम्रो अभियान”

शब्द/तस्वीरः बामदेव केसी,
सल्यान २९, चैत ।

सल्यान जिल्ला सम्भावनाको खानी हो । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान सहित आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागी सरकारले लकडाउनको घोषणा गरेको छ । यस्तो अबस्थामा हामी जिल्लाका बिभिन्न क्षेत्रहरुमा फोटो खिच्नको लागी जान नपाए पनि केही समय पहिले हाम्रो क्यामरामा कैद गरिएका तस्वीरहरु आजको अंकमा राखेका छौँ । बिभिन्न परिवेश र ठाँउमा संकलन गरिएका सात उत्कष्ट तस्वीरहरु ।

तस्वीरहरु :

सल्यानी मैलिक घर ।

सिद्धकुमाख गाउँपालिका सल्यान को केन्द्रबिन्दु ढोरचौर बजार ।

तस्बिरमा शान्तिनगर र श्रीनगर आसपासको यो मनोरम दृश्य ।

तस्बिरमा सल्यानको सुन्दर गाउँ झारगाउँ ।

कुमाख गाउँपालिका सल्यानमा पर्ने सुन्दर ठाउँ बडागाउँ ।

बागचौर नगरपालिका सल्यानले निर्माण गर्नलागेको अग्ला टाकुरा भ्यू टावर ।

सल्यान जिल्लाको सबैभन्दा ठुलो शारदा खोला नजिकै सुन्दर खेतपाखाहरु ।

 

प्रतिक्रिया दिनुहोस