शब्द तस्वीर/बामदेव केसी,
सल्यान ६, बैशाख ।
सल्यान जिल्ला संघीय गणतन्त्र नेपालको कर्णाली प्रदेशमा पर्ने जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्रा हो सल्यान । सल्यान जिल्ला सम्भावनाको खानी हो । प्राकृतिक, धार्मिक, एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
शारदा नगरपालिका सल्यानमा पर्ने सुन्दर बस्ती साहुटोल
सदरमुकाम सल्यान खलंगा मिडिया रोड जाने बाटो
सिद्धकुमाख गाउँपालिका सल्यानमा पर्ने सुन्दर ठाउँ चाख्लिघाट
बागचौर नगरपालिका सल्यानमा पर्ने थारमारे बजार
गर्मीयाम बढे सँगै सल्यानमा अहिले गहुँ बारीहरु पहेँलो देखिदैछन्
श्रीनगर बजार नजिकैको सुन्दर ठाउँ पटनेरी
सल्यान राम्रो सल्लेरी पाखैले