तस्वीरमा सल्यान : हेर्नुहोस् (साताका सात उत्कृष्ट तस्वीर)

“सल्यान चिनाउने हाम्रो अभियान”

शब्द/तस्वीर : बामदेव केसी,
सल्यान १३, बैशाख ।
सल्यान जिल्ला संघीय गणतन्त्र नेपालको कर्णाली प्रदेशमा पर्ने जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्रा हो सल्यान । सल्यान जिल्ला सम्भावनाको खानी हो । प्राकृतिक, धार्मिक, एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान सहित आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागी सरकारले लकडाउनको घोषणा गरेको छ । यस्तो अबस्थामा हामी जिल्लाका बिभिन्न क्षेत्रहरुमा फोटो खिच्नको लागी जान नपाए पनि केही समय पहिले हाम्रो क्यामरामा कैद गरिएका तस्वीरहरु आजको अंकमा राखेका छौँ । बिभिन्न परिवेश र ठाँउमा संकलन गरिएका सात उत्कष्ट तस्वीरहरु ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका  सात उत्कष्ट तस्वीरहरु :

तस्बिरमा देखिएको यो सुन्दर सिनारियो बरला सल्यानको हो

शारदा नगरपालिका सल्यान खलंगामा पर्ने नेवार बस्ती

बागचौर नगरपालिका सल्यानमा पर्ने सुन्दर गाउँ बागचौर

बिहानी पख आकाशमा उड्दै गरेका चराचुरुङ्गीहरु को यो मनोरम दृश्य

देखिएको यो मनमोहक दृश्यमा श्रीनगर बजार नजिकै रेहेका सुन्दर बगरहरु अनि बगेको शारदा नदि

कलात्मक शैलीमा निर्माण गरिएको यो घर सिद्धकुमाख गाउँपालिका सल्यानमा अबस्थित छ

कपुरकोट गाउँपालिकामा पर्ने सुन्दर ठाउँ मुलपानी

 

प्रतिक्रिया दिनुहोस