सल्यान २०, बैशाख ।
सल्यान जिल्ला संघीय गणतन्त्र नेपालको कर्णाली प्रदेशमा पर्ने जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्रा हो सल्यान । सल्यान जिल्ला सम्भावनाको खानी हो । प्राकृतिक, धार्मिक, एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
शारदा नगरपालिकामा पर्ने सुन्दर ठाउँ स्यानिखाल
सुन्दर ठाउँ स्यानीखालको बाघखोर
छत्रेश्वरी गाउँपालिकामा रहेको शारदा पुल, ब्याकग्राउन्डमा लान्ती बजार
मोखला आसपासका खेतमा लहलह पाक्दै गरेका गहुँको यो मनोरम दृश्य
यो दृश्य शारदा नगरपालिका मिडिया भिलेज डाँडागाउँ सल्यानको हो
त्रिवेणी गाउँपालिका सल्यानको केन्द्र लुहाम बजार
ढुंगाबाट छाएको सल्यानी मौंलिक घर