तस्वीरमा सल्यान : हेर्नुहोस् (साताका सात उत्कृष्ट तस्वीर)

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान २७, बैशाख ।
सल्यान जिल्ला संघीय गणतन्त्र नेपालको कर्णाली प्रदेशमा पर्ने जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्रा हो सल्यान । सल्यान जिल्ला सम्भावनाको खानी हो । प्राकृतिक, धार्मिक, एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु ।

लेखपोखरामा रहेको सिद्धबाबाको मन्दिर ढकढकेबाट देखिएको लान्तीवजार भोटेचौर । तस्वीर : बुद्धि पुन

तस्बिरमा सल्यानको शारदा नदि ।

दमाचौरमा स्थानियले खरको प्रयोग गरेर घर छाउदैँ । तस्वीर कृष्ण बहादुर बस्नेतको फेसबुकबाट !

शारदा नगरपालिका श्रीनगरमा रहेको रुद्रेस्वर महादेवको मन्दीर ।

बागचौर नगरपालिकामा पर्ने सुन्दर ठाउँ बागचौर ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ मा रहेको सल्यान जिल्लाकै सबैभन्दा अग्लो स्थान जथाक लेक ।

अस्थाउदै गरेको सुर्यको यो मनमोहक दृश्य ।

 

 

प्रतिक्रिया दिनुहोस