सल्यान ५, जेष्ठ ।
सल्यानको पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरपालिका वडा १ घाटगाउँ निवासि प्रेम विकको १० वर्षिया छोरि लक्ष्मि विक भेरि नदिमा पानी भर्न जादा डुवेर वेपता भएकी छन् । भेरि नदिमा आईतबार बेलुकि ७ वजेको समयमा साथीहरूसँग पानी ल्याउन गएको समयमा भेरिले वगाएको थियो ।
भेरि धमिलो र अवेर राति भएकोले खोजिकार्य गर्न नसकिएको ईलाका प्रहरी कार्यलय सल्लि वजारले जनाएको छ ।आज विहानै देखि भेरि नदिमा डुवेर वेपता वालिकाको खोजि भैरहेको ईलाका प्रहरी कार्यलय सल्लिवजारले जनाएको छ । भेरि किनारमा बस्ने भेरि नदिमा पानी भर्न र सरसफाइको लागि नुहाउन जानेहरु नदिले वगाउदा अकालमै ज्यान गुमाउने समस्या झेल्दै आइका छन ।