सल्यान १०, जेष्ठ ।
कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्ला धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । सल्यान जिल्ला सम्भावनाको खानी हो । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
गर्मी याम बढेँसँगै सल्यानमा काफलका हाँगाहरु रातै देखिदैछन् ।
भारतबाट फर्केका मान्छेहरुलाई बागचौर नगरपालिकाले उद्धार गरेको यो दृश्य ।
सुर्य अस्थाइ सकेपछि साँझको बेला आकाशमा एउटा फरक खालको मनोरम दृश्य देखियो ।
सिद्ध बाबाको मन्दीर रहेको स्थान सल्यान जिल्लाकै दोस्रो ठूलो कुमाख लेक । तस्वीर : भिम भण्डारी
कोरोना भाइरसले निम्त्याएको एउटा सकारात्मक पक्ष, अहिले सल्यानमा बाजो जमिनहरु खनिदै छन् ।
सिद्धकुमाख गाउँपालिकाको केन्द्रबिन्दु ढोरचौर बजार । तस्वीर : भिम भण्डारी ।
दार्मा गाउँपालिकाको केन्द्र सुन्दर ठाउँ फारुला । तस्बिर : दिप चन्द ।