सल्यान १७, जेष्ठ ।
कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्ला धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । सल्यान जिल्ला सम्भावनाको खानी हो । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु ।
तस्बिरमा बनगाड कुपिन्डे नगरपालिका सल्यानमा पर्ने कुपिन्डे ताल । तस्वीर : दिप चन्द
तस्बिरमा बागचौर नगरपालिका सल्यानमा पर्ने सुन्दर ठाउँ टाट्के ।
तस्बिरमा कुमाख गाउँपालिका सल्यानका सुन्दर खेतपाखाहरु ।
गाउले जिबन ।
सुन्दर सल्लेरी पाखाहरु ।
तस्बिरमा खरले छाएको सल्यानी मौलिक घर ।
तस्बिरमा देखिएको यो मनमोहक दृश्य कुमाख गाउँपालिका सल्यान बडागाउँको हो ।