तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान ३१, जेष्ठ ।
कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्ला धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । सल्यान जिल्ला सम्भावनाको खानी हो । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

 

सिद्ध कुमाख गाउपालिकाले निर्माण गरेको कृषि वन नर्सरी । तस्वीर : भिम भण्डारी

सल्यानको एक रमणिय बस्ती छापडाँडा । तस्वीर : भिम भण्डारी

पर्यटक पर्खदैँ रानीकोट हिम दर्शन पार्क । तस्वीर : डम्बर केसी

धान रोप्ने तयारी गर्दै किसान । तस्वीर : भिम भण्डारी

सिद्ध कुमाख गाउपालिका वडा नं. ३ मा गरिएको तरकारी खेती । तस्वीर : भिम भण्डारी

मनै लोभ्याउने आर्कषक फूल । तस्वीर : डम्बर केसी

ढोरचौरमा गरिएको सहजन खेती । यो एक बहुउपयोगी बिरुवा हो । तस्वीर : भिम भण्डारी

प्रतिक्रिया दिनुहोस