सल्यान २४, साउन ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
गाउँले परिवेशको यो मनोरम दृश्य ।
सल्यानको बागचौरमा पर्ने पर्यटकिय स्थल अग्ला टाकुरा भिउँ टावर ।
हुस्सुले प्रकृति सँग लुकामारी खेलिरहेको यो मनमोहक दृश्य ।
तस्बिरमा बागचौर नगरपालिकाको केन्द्रबिन्दु बागचौर बजार ।
सुन्दर खेत अनि त्यो गाउँले परिवेश ।
तस्बिरमा शारदा नगरपालिका मा पर्ने लुहापिङ अनि जिल्ला अस्पताल आसपासको दृश्य ।
तस्बिरमा सल्यानको प्रमुख ब्यापारीक केन्द्र मध्यको एक थारमारे बजार ।