सल्यान १३, भदौँ ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

इन्द्रेणीले प्रकृति सँग लुलामारि खेलिरहेको यो मनोरम दृश्य ।

सल्यानको बागचौरमा देखिएको एउटा अलौकिक दृश्य ।

भदौ महिना लागिसकेपछि अहिले सल्यानको आकाश बिस्तारै खुला देखिदैछ ।

तस्बिरमा सुन्दर सल्लेरी वन ।

तस्बिरमा देखिएको यो मनोरम दृश्य कपुरकोट गाउँपालिकाको केन्द्र कपुरकोट बजारको हो ।

राप्ती राजमार्ग ।

तस्बिरमा देखिएको यो सुन्दर ठाउँ बागचौर नगरपालिका शिवरथ सल्यानको हो ।