सल्यान ३, असोज ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
बागचौर नगरपालिका सल्यानमा पर्ने सुन्दर ठाउँ पेदिखोला ।
गाउँले परिवेश ।
सुन्दर खेतबारीहरु ।
तस्बिरमा ढुंगाले छाएको परम्परागत सल्यानी मौलिक घरहरु ।
राप्ती राजमार्ग अन्तर्गत सुन्दर सल्लेरी पाखाको बिचमा देखिएको यो मनोरम दृश्य ।
तस्बिरमा शारदा नगरपालिका सल्यान खलंगा आसपासको यो मनोरम दृश्य ।
खुल्ला आकाश अनि सुन्दर हरियालीको यो मनमोहक दृश्य बागचौर सल्यानको हो ।