सल्यान १७, असोज ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा देखिएको यो मनमोहक दृश्य सल्यानको त्रिवेणी गाउँपालिका लुहाम भाँटाखोला नजिकैको हो ।
तस्वीरमा राप्ती राजमार्ग अन्तर्गत सुन्दर सल्लेरीको बिच बाटै भएर आफ्नो गन्तव्यमा जादै गरेको एउटा बस ।
कर्णाली प्रदेश सरकारका अर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पहलमा बेनको सल्यानको कपुरकोटमा रहेको प्रवेश द्वार गेट ।
तस्वीरमा माथि ढकढके लेक अनि शारदाको किनार लान्तीवजार नजिकैका फाटमा लहलह पाक्दै गरेका धान बालिको यो मनोरम दृश्य ।
तस्वीरमा सल्यानको संखमुल नजिकैको शारदा पुल ।
तस्वीरमा सल्यानको शारदा खोला अनि सुन्दर फाटहरु ।
तस्वीरमा पहिरोको उच्च जोखिममा रहेको कपुरकोट गाउँपालिकाको केन्द्र कपुरकोट बजार आसपासको दृश्य ।