फूलैफूलले ढकमक्क घरआँगन [ फोटो फिचर ]

सल्यान ७, कात्तिक ।
हिन्दु नेपालीको महान चाड दशैँतिहार नजिकिदैँ गर्दा सल्यानमा फूलहरु ढकमक्क फुलेका छन् । जिल्लाका बजारीक्षेत्र तथा ग्रामिण क्षेत्रहरुमा बिभिन्न प्रकारका फूलहरु ढकमक्क फुलेका हुन् । अहिले यहाँका घर–आँगन, बारी, कान्ला, तथा कोदो बारीमा फूलहरु फूलेका छन् । पछिल्लो समयमा बजारहरुमा कृतिम फूलका मालाहरु प्रशस्त मात्रामा पाईने भएपनि जिल्लाका स्थानियहरुले भने स्थानिय स्तरमा नै उत्पादित फूलका मालाहरु तिहारमा लगाउने गर्दछन् ।  आजभोली यहाँका घरआँगनको डिलमा फुलेका सयपत्री, मखमली, गुर्दौली फूलले स्थानियको मन लोभ्याएको छ ।
ढकमक्क फूल फूले सँगै दशैँतिहार आए झैँ आभाष भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस