सल्यान १८ बैशाख ।
सल्यान को पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरपालिका सल्लीबजार नजिकै भेरी नदिमा नुहाउन गएका एक जना पुरुष बेपत्ता भएका छन । बेपत्ता हुनेमा रोल्पा जिल्ला रुन्टीगढी गाउपालिका वडा न ६ का १९ वर्षका अर्जुन बुढा रहेका छन ।
बेपत्ता बुढा सल्लीबजारमा लिफ्ट खानेपानीमा ज्यामी काम गर्दै आएका उनको शनिबार काम गरेर नुहाउन गएको बेला भेरी नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बेपत्ता बुढा अहिले खोजिकार्य भैरहेको छ ।