दुर्गा विसि मंसिर,१८
सुर्खेत सिम्ता गाउँपालिकामा २८ औ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाएको छ । दिगो विकासका लागि लक्ष्य,अपांगमैत्री भविष्य भन्ने मुल नाराका साथ सिम्ता गाउंँपालिका महिला तथा बालबालिका कार्यलयको आयोजना र अपांग उत्थान केन्द्र सिम्ताको समन्वयमा सो दिवस मनाएको छ । दिवसको अवसरमा अपांग अधिकारका नारा लगाउदै र्यालि पछि बजार परिक्रम गरि पालिकाको केन्द्रमा अौपचारिक कार्यक्रममा गरिएको थियो।कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा अपांग समन्वय समितिका संयोजक चन्द्राकला शाहीको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।
सामाजिक विकास समिति संयोजक टेकनारायन विकको प्रमुख अतिथि रहनु भएको थियोे । सिम्ता गाउँपालिकाका निमित्त कार्यलय प्रमुख टोप बहादुर राना,इप्रका प्रमुख श्यामजंग शाह,४ नं वडा अध्यक्ष भिम बहादुर रावत,महिला विकास कार्यलय सुनिता अधिकारी,महिला सञ्जाल अध्यक्ष तिला मल्ल,समाजसेवी माधव सिह, कोकिला सिंह लगाएतको उपस्थिति रहेको थियो । सबै वडाबाट अपांगता भएका नागरिक तथा अभिभावकहरूको सहभागीता रहेको थियो।कार्यक्रमको सञ्चालन केन्द्रका सचिव अनिता सिंह र स्वागत मन्तव्य अपांगता महासघ सिम्ताका अध्यक्ष योगेन्द्र शाहीले गर्नुभएको थियो।कार्यक्रममा अपांगता सम्बन्धि चेतना मुलक नाटक,गित,गजल,कथा र कविता समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रम वोल्ने वक्ताहरूले अपांगता सम्बन्धि अधिकार ऐन कानुनमा भएको र कार्यनयन गर्नु पर्नेमा जोड दिएका थिए।उक्त दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरूलाई अपांग साहायक सामाग्री वैशाखि, साँकेतिक लाठी र स्टेसनरी तथा शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो ।