महिला कैदीबन्दीलाई सेनेटरी प्याड, वालवालिकालाई शैक्षिक सामग्री वितरण

सल्यान, १६ माघ ।
सल्यान कारागारका महिला कैदी बन्दीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ भने उनीहरुसंगै बस्ने बालवालिकाहरुलाई शैक्षिक सामग्री पनि वितरण गरिएको छ । शारदा नगरपालिकाले केदीबन्दी र त्यहाँ रहेका वालवालिकाहरुको समस्यालाई मध्यनजर गर्दै सामग्री वितरण गरेको हो । नगरपालिकाले कारागारमा रहेका ४ बालबालिका मध्ये विद्यालय उमेर पुगेका दुई बालबालिकालाई अध्ययन गर्न सहयोग पुर्याउने उद्देश्यले एक थान ह्वाइट बोर्ड, तीन दर्जन कापि, कलम र मार्कर वितरण गरेको जनाएको छ । यस्तै कारागारमा रहेका १८ महिला कैदी बन्दिका लागि एक बर्ष सम्म पुग्ने प्याड बितरण गरिएको छ ।
नगर प्रमुख सुरेश अधिकारिले सल्यान कारागारमा रहेका महिला कैदी र उनिहरुका बालबालिकाहरुलाई सहज होस भनेर सामाग्री हस्तान्तरण गरेको बताउनु भयो । नगरप्रमुख अधिकारीले प्रत्यक्ष कैदी महिलाहरुलाई भेट्दा प्याड र शैक्षिक सामाग्रीको माग गरेपछि सामाग्री हस्तान्तरण गरिएको हो सामाग्री ग्रहण गर्दै कारागारका महिला कैदीबन्दीहरुले नगरपालिकाको यस कार्यलाइ धन्यवाद व्यक्त गरेका छन् ।
कैदी जीवन व्यतीत गरि रहेका बाग्चौर नपा–७ कोटबारा निवासी टेकबहादुर रावत र गंगा रावतका दुइ सन्तान ६ वर्षीया चेतना रावत उनकी चार वर्षीया बहिनी वर्षा रावतलाइ सामान्य अध्यापन गराउँदै आएकी बन्दी सलिना गहतराजले शैक्षिक सामाग्री पाएपछि अध्यापन गराउन सहज भएको बताइन् । कारागारमा महिलाहरु महिनावारी भएको समयमा सफा कपडा प्रयोग गर्न नसकेको अवस्थामा विभिन्न संक्रमण हुन सक्ने भएकाले प्याड वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस