नभन्नु होस् बारम्बार, घरमै हुनेछ ।
हरेक रोगको उपचार, घरमै हुनेछ ।
चुनौती पन्छाउँदै, भोकमरी घटाउँदै,
गरिबीलाई लगाउन पार, घरमै हुनेछ ।
सपरिवार मिलिजुली, हिडियो भने,
हर समस्याको चिरफार, घरमै हुनेछ ।
जुध्न सके अभावका, खुड्किला संग,
बिचित्रको सिङ्गो संसार, घरमै हुनेछ ।
कुर्सी रोज्नु पर्दैन, मन्त्री खोज्नु पर्दैन,
एकलौटी बनेको सरकार, घरमै हुनेछ ।
सुनिल राना ‘बिरही’
बनगाड कुपिण्डे नगरपालिका, ३ सल्यान