सल्यानको कपुरकोट बजार क्षेत्र एक साताका लागि सिल

 

सल्यान १९ भदौ ।
सल्यानको कपुरकोट बजार क्षेत्र एक साताका लागि सिल गरिएको छ । धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टी भएपछी विहिबार गाउँपालिकामा बसेको सर्वपक्षिय, सर्वदलीय बैठकले एक साताका लागि सिल गर्ने निर्णय गरेको हो । संक्रमीत ब्यक्ति धेरैको सम्पर्कमा रहेकाले र यस अघि पनि समुदाय स्सतरमा गरिएको परीक्षणमा एक ब्यक्तिलाई कोरोना भेटिएपछी स्थितिलाई भयावह हुनबाट रोक्नका लागि सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

विहिबार राती १० बजे देखि यहि भदौ २५ गते राती १० बजे सम्मका लागि कपुरकोट गाउँ कार्यापालिकाको कार्यालयय, ३ नम्बर वडा कार्यालय तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवा बन्द गरी कपुरकोट बजार क्षेत्र पूर्ण रुपमा सिल गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले जानकारि दिए । जनप्रतिनिधी, राजनितिक दल, सुरक्षाकर्मी, बजार ब्यवस्थापन समिति, उद्योग वाणिज्य संघ, कृषि उपज बजार केन्द्र लगाएत सर्व पक्ष सम्मिलित गाउँपालिका स्तरीय विपद् ब्यवस्थापन समितिको बैठकको निर्णयानुसार बजार क्षेत्र सिल गरिएको उहाले बताउनु भयो ।

कपुरकोटमा सञ्चालन हुने तरकारी बजार पनि बन्द रहने र कुनै पनि ब्यापारीहरुलाई गाउँमा जान प्रतिबन्ध लगाइएको एवम् सम्बन्धित वडाका किसानहरुले आफ्नो वस्तीबाटै तरकारी लोड गरेर बजार पठाउने ब्यवस्था मिलाउन कृषि उपज बजार केन्द्रलाई निर्देशन गरिएको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारि दिए । सम्पूर्ण गाउँपालिकावासीलाई आ–आफ्नो स्थानमा सुरक्षित रही एक सभ्य नागरिकको भुमिका निर्वाह गरिदिन गाउँपालिकाले एक सूचना मार्फत आग्रह गरेको छ ।

यसैवीच संक्रमित ब्यक्तिको सम्पर्कमा रहेका र जोखिमयुक्त समूहका ब्यक्तिहरुको स्वाब संकलनमा गाउँपालिका जुटेको छ । स्वाब संकलनको दायरालाई समुदायस्तरमै फराकिलो बनाएर अगाडि बढेको स्वास्थ्य संयोजजक अरुण दाहालले जानकारि दिनु भयो । उनका अनुसार धनवाङ स्वास्थय चौकीमा अन्य स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुलाई काजमा खटाएर आकस्मीक सेवा र प्रसुति सेवा सञ्चालनको ब्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस