फिल्म हेर्न नेपालगञ्जमा भारतीय दर्शकको घुइँचो

 

सल्यान २ कार्तिक
भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भिड थामिनसक्नु छ ।

नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् ।

भारतीय नागरिककै कारण नेपालगञ्जको फिल्म व्यापार अझ फस्टाएको छ । सीमावर्ती भारतीय बजार र गाउँका भारतीय नागरिक फिल्म हेर्न नेपालगञ्ज आउने गरेका छन् । क्यूएफएक्स बागेश्वरी सिनेमाज सञ्चालनमा आएपछि सीमावर्ती बजार रुपैडिया, नानपारा मात्र होइन, बहराइजसम्मबाट भारतीय नागरिक नेपालगञ्जमा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस