सल्यान १३, माघ ।
सल्यान कुमाख गाउँपालिका, २ स्विकोट नेटाको वारुलेमा रहेको एनसेल टावरमा आगजनि गरिएको छ । साथै टावरमा संकास्पद वस्तु झुन्डिएको नेटा प्रहरी पोष्टले जनाएको छ । विहान उक्त टावरमा आगजनि गरिएको हुन सक्ने वताएको छ भने घटना स्थल प्रहरी पुगि अनुसन्धान भैरहेको छ । वारुले डाँडामा रहेको एनसेल टावरमा आगजनि भए पछि उक्त क्षेत्र आसपासका वस्तिहरु सञ्चार विहिन भएको छ । उतm टावरमा संकास्पद बस्तु बम हुन सक्ने भएको हुदा बम बिष्पोजल टोलि पुग्दै गरेको नेटा प्रहरीले जानकारि दिएको छ ।