खुला पत्र
आदरणीय सल्यान जिल्लाका मेयरसाब तथा अध्यक्ष ज्यूहरु,
हार्दिक नमस्कार !
सर्बप्रथम सबै सल्यान जिल्लामा बसोवास गर्ने सम्पूर्ण जनताको स्वास्थ्य लाभको कामना गर्दछु, यसको मतलब यो होइन की अरु नेपालीको बारेमा नराम्रो भनुँ । सल्यानी भएको र वालापन देखि यहीको माटोमा जन्मेको र आधा उमेर सम्मको जिन्दगी सल्यान र सल्यानी संग बिताएकोले यो जतिको माया सायद अनेत्रको छैन होला । साथै आजको यो पिडाको समयमा हजुरहरुको यो काम गर्ने तरिका, जिम्मेवारीपन तथा नियमित सहयोग तथा जनताको सुःख–दुःखको साथी बनी अहोरात्र खटिएकोका उच्च सम्मान ब्यक्त गर्दछु ।
आज भन्दा ३८ बर्ष अगाडी अन्य बच्चा सरह नै यो धर्तिमा पाईला टेके र आधारभुत शिक्षा र उच्च शिक्षा सम्म पनि यहि जिल्लामा पाउने अबसर प्राप्त गरे । यसरी भन्दा बाँचेको अहिलेको उमेरको आधा भन्दा धेरै समय यहि बिताए र अबका दिन पनि सल्यान जिल्लामा आफ्नो सिप दक्षता योग्यता र क्षमताले भ्याए सम्म र अबसर पाए भने यहि जिल्लामा गर्ने नै छु ।
सल्यानमा तत्कालिन अबस्थामा रहेको सल्यान क्याम्पसमा प्रबिणता प्रमाण पत्रको अध्ययन सकेर थप अध्ययन र काम खोज्नका लागि काठमाण्डाँै तिर लागे । परिवारको जेठो छोरा भएको कारण पनि होला वा जिम्मेवारी पनि त्यसै भएर होला काठमाण्डौँ पुगेपछि अध्ययन भन्दा कामलाई नै प्राथमिकतालाई राखेर होला २०५९ साल देखि नै जागिरे जीवन शुरु गरे ।
जव जागिरी शुरु गरे अरुको भन्दा फरक प्रकृतीको र नयाँ र जटिल पेशाबाट कामको शुरुवात गरे । सायद त्यस बेलाको समयमा काम गर्ने म जस्ता नेपालका पनि औँलामा गन्न सकिने थियौ । सायद २० जना भन्दा कम थियौँ हामी, त्यस क्षेत्रमा लाग्ने । हामीले सोचेको भन्दा फरक थियो अनि सोच्ने तरिका समाजको । मानसिक समस्या भएका ब्यक्तिको परिवार तथा तत्कालिन सशस्त्रद्धन्दबाट मृत्यू भएका, बेपत्ता भएका र अपांगता भएका ब्यक्ति तथा तिनका परिवारमा परेको मानसिक तनाब, डर चिन्ता र पिडाहरुमा काम गर्ने अबसर प्राप्त भयो ।
देश द्धन्दमा थियो, हिडडुल सजिलो थिएन, दुबै पक्षको निशाना र अझै द्धन्दको प्रत्यक्ष प्रभावमा परेका परिवारका सदस्य तथा वालवालिकासंग प्रत्यक्ष जोडिएर काम गर्दाका चुनौती लेखेर साध्य छैन । साथै तत्कालिन द्धन्दरत पक्षका नेता तथा कार्यकर्ताले दिएको मानसिक तथा शारीरिक यातना जो सम्झदा पनि अझै डर लाग्छ, भलै आजका दिनसम्म पनि मानसिक रोग र मानसिक पिडामा रहेकाहरुसंग काम गर्ने जागर चलाउने यहि अबस्था थियो सायद ।
त्यती मात्र होईन, देशमा शान्ति स्थापना भए पश्चातको अबधिमा पनि देशले ठूला–ठूला घटना परिघटना बेहोरी रह्यो । तत्कालिन माओवादी सेना क्याम्पबाट बिदाई गर्दा, कोसी बाढी आउदा प्रभाबित ब्यक्तिलाई गरेको सहयोग, चन्द्रौता जातीय हिंसा, बाढीपहिरो प्रभाबितहरु तथा बिगको भुकम्प । यी माथीका आपतकालिन अबस्थामा प्रत्यक्ष रुपमा सहभागी भई समस्यामा परेका महिला, वालवालिका, जेष्ठ नागरिक तथा आम प्रभाबित ब्यक्तिहरुलाई गरिएको मनोबैज्ञानिक सहयोग, मानसिक उपचार, समुदाय सचेतीकरण तथा अन्य धेरै कामले गर्दा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा काम गर्ने उच्च अभिलाशा अझै बाँकी रहेको स्मरण गराउन चाहन्छु । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरेको १५ बर्षको अनुभव र सिकाई र सहयोग म सल्यान जिल्लामा गर्न चाहन्छु ।
म गर्ब गर्छु, मैले १५ बर्षको काम गरेको अबधीमा सायद सयौँ ब्यक्तिहरु जो मर्न (आत्महत्या) चाहन्थे, उनीहरुलाई बचाएको छु । सयौँ ब्यक्तिहरु मानसिक रोग लागेर जीवन बर्बाद भएकालाई उपचारका लागि काम गरेको छु । समाजमा मानसिक रोग लागे पछि त्यस ब्यक्ति र परिवारका सदस्यलाई समाजले गर्ने बिभेद, हिंसा तथा कलंकको रुपमा हेर्ने त्यो समाजमा काम गरेको छु । देश भरिका सयौँ शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई तालिम मार्फत जानकारी दिएको छु तर अपसोच ! काम गरेको १५ बर्षको अबधिमा ७१ जिल्लामा बिभिन्न कार्यक्रम संचालन गरियो र कहिले कुनै जिल्लामा अरुलाई सहयोग गर्न गईयो होला तर सल्यानमा अबशर पाईन र कार्यक्रम संचालन पनि भएन ।
आदरणिय ब्यक्तित्वहरु,
अहिले देशमा महामारीको रुपमा फैँलिएको कोभिड–१९ (कोरोना भाईरस) को कारणले बिश्व जगतमा हलचल मचाईरहेको छ । बिश्वमा तिब्र गतिमा फैलिएको यस महामारीले नेपालमा पनि बिस्तारै प्रबेश गरिरहेको सरकारी पक्षले भनिरहेको छ । महामारीका कारण नेपालका बिभिन्न भागमा बसोवास गरिरहेका जनताहरु यसको प्रभाव तथा सामाजिक सञ्जालमा देखिएका समाचार तथा केही गलत हल्लाका कारणले मानसिक रुपमा झन् पिडामा रहेका सहजै अनुमान गर्न सकिन्छ ।
नेपाल सरकारले यी सबै कुरालाई मध्यनजर गर्दै जनताको सुरक्षाको लागि बिभिन्न उपायहरु अबलम्बन गरिरहेको छ । यस अन्तर्गत बिभिन्न सञ्चार माध्ययमा सुचना तथा जानकारीका साथै देश नै लकडाउनको अबस्थामा छ । देशको बिषम परिस्थितीलाई मध्यनजर गर्दै सल्यान जिल्लामा पनि मानसिक तथा मनोबैज्ञानिक रुपले असहज महशुस गरेका ब्यक्तिहरुलाई लक्षित गरि ती ब्यक्तिहरुलाई परेको मानसिक तनाब, मनोबैज्ञानिक तथा मनोसामाजिक समस्या, चिन्तामा कमी ल्याउन तथा सहि र तथ्य जानकारी मनोबिमर्शकर्ताहरु मार्फत काम गर्ने अबसर सल्यानको लागि मिलेको छ ।
देशको बिषम परिस्थितीलाई मध्यनजर गर्दै सल्यान जिल्लामा पनि मानसिक तथा मनोबैज्ञानिक रुपले असहज महशुस गरेका ब्यक्तिहरुलाई लक्षित गरि ती ब्यक्तिहरुलाई परेको मानसिक तनाब, मनोबैज्ञानिक तथा मनोसामाजिक समस्या, चिन्तामा कमी ल्याउन तथा सहि र तथ्य जानकारी मनोबिमर्शकर्ताहरु मार्फत काम गर्ने अबसर सल्यानको लागि मिलेको छ ।
अहिलेको यस महामारी तथा प्रकोपको अबधिमा म मेरो जिल्लाको लागि काम गर्न तयार छु । यस अबधिका सम्पूर्ण ब्यक्तिहरुले भोगेको मानसिक तनाब, चिन्ता, दुख तथा मानसिक प्रभावमा परेकालाई निःशुल्क रुपमा काम गर्न तयार रहेको जानकारी गराउँछु । हामी सबैले यति मात्र सोचौँ की ब्यक्तिलाई स्वस्थ भएर बाँच्न र जीवन जीउन खाद्यान्न, लत्ता कपडा मात्रले पुग्दैन, यसका साथै मानसिक सहयोग तथा उपचार पनि आबश्यक छ । मानिसको मानसिक समस्या काम गर्न म लगायत हामी साथीहरु तयार भएको जानकारी गराउँदछु ।
यस पत्रलाई सकारात्मक रुपमा हेरी थप केही आबश्यक भएमा हजुरहरुसँग भेटि छलफल गर्न तयार रहेको जानकारी गराउँदै उत्तरको प्रतिक्षामा छु । आशा छ, सकारात्मक प्रतिक्रिया पाउने छु । बाँकी अर्को पत्रमा धन्यबाद !
उहि तपाईको :
बिजय शरण आचार्य
शारदा नगरपलिका ३, बडाखोला सल्यान