“क्वारेन्टाइन र छुवाछुत प्रथा”

महेश हिताङ्ग,

विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटमा परेको छ । महामारीले विश्व समुदायमा मानविय क्षति, कम्जोर अर्थतन्त्र, दैनिक जीवनयापनमा पारेको असहजता र भयावहको कारण खराव परिस्थिति स्थापित गरिदिएको छ । जलवायु परिवर्तनका कारण क्रमशः पार्दै गएको खराव असरले पछिल्ला २० वर्ष यताका दशकहरुमा मानव समुदायले ठुलो मूल्य चुकाउनु परेको तितो यथार्थ हामी सामु कोसे ढुँगासरी रहेको छ ।

           मानविय दुस्कर्म कै कारण २१ औं शताव्दीको सुरुवाती वर्ष मानव समुदायका लागि निकै चुनौतिपूर्ण वनेको देखिन्छ र यो क्रमको निरन्तरतामा कुनै विश्राम लाग्ने छाट भने देखिदैन । सन् २००२ मा फैलिएको ‘सार्स’ भाईरसको सुरुवात सगै सन् २०१० मा ‘स्वईन फ्लू’, सन् २०१२ मा ‘मर्स’, सन् २०१३ मा ‘इवोला’ र हाल सम्म आई पुग्दा सन् २०१९ को अन्त्य र २०२० को सुरुवात सगै महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई एक दृष्टान्तको रुपमा लिन सकिन्छ । सन् २०२० को सुरुवात सगै चिनको एक सहरवाट फैलिएको कोरोना भाईरस विश्वका अधिंकास देशमा फैलिसकेको छ । यस भाईरसले मानविय क्षति त पराईरहेको त छदै छ, विज्ञानका लागि पनि ठूलो चुनौती सिर्जना गरेको देखिन्छ ।

‘भाईरसले मानविय क्षति त पराईरहेको त छ दै छ, विज्ञानका लागि पनि ठूलो चुनौती सिर्जना गरेको छ ।’

कोरोना भाइरसले हाल विश्व समुदायलाई त्रसित वानाएको छ । दिनानुदिन यसको असरले संक्रमितको संख्यामा वृद्धि हुने र संक्रमितको मृत्यु हुनेको संख्यामा भने कमि आउन सकेको छैन । यसै महामारीको नियन्त्रणका लागि विश्वका अधिकास देश लकडाउनको स्थितिमा छन् । यस भाईरस आतंकका कारण सम्पुर्ण दैनिक जिवनयापनमा असहजता सिर्जना गरेको छ । विकास निर्माणका काम ठप्प छन्, व्यवसाय, उद्योग, कलकारखाना, यातायात, श्रम, मनोरञ्जन, होटल, श्रम तथा सेवा प्रदायक कम्पनी वन्द हुदा आमनागरिक माथि संकट उत्पन्न गरेको छ र पुरेै विश्व को अर्थतन्त्र धरापमा देखिन्छ ।

कोरोना भाईरसले युरोपियन देशहरुको सफल यात्रा पश्चात दक्षिण एशियाका देशहरुमा आफ्रनो प्रभाव वढाउदै गईरहेको चरम उत्कर्षमा नेपालले भाइरस रोकथामका लागि लिएको लकडाउनको निर्णयले भने ठुलो मानविय क्षति हुन र महामारीको अवस्था सिर्जना हुन भने नदिएको देखिन्छ । तर छिमेकी देश भारतसँगको खुल्ला सिमाना व्यापार, व्यवसाय र श्रमका लागि भारत निरर्भर हुनुपर्ने वाध्यताका कारण भने यस महामारीको त्रासले भने मानिसको मनासपटलमा निकै गहिरो प्रभाव परेको छ ।

‘छिमेकी देश भारतसँगको खुल्ला सिमाना व्यापार, व्यवसाय र श्रमका लागि भारत निरर्भर हुनुपर्ने वाध्यताका कारण भने यस महामारीको त्रासले भने मानिसको मनासपटलमा निकै गहिरो प्रभाव परेको छ ।’

कोभिड १९ को प्रभाव सवै भन्दा वढी दैनिक ज्याला मजदुरी गरि खाने श्रमजिवी वर्ग माथि परेको देखिन्छ । सम्पुर्ण देश अहिले लकडाउनको सामाना गरिरहेको र दैनिक रुपमा श्रम गरि आफ्नो जिविकोपार्जन गर्नेले कसरी आफ्नो र परिवारको दैनिकी चलाउन महामारीले ल्याएको चुनौतिको पहाडलाई पन्छाउन सक्लान अहिलेको मुख्य चुनौतीका रुपमा उभिएको छ ।
महामारीको अन्त्यपछि विश्वमा केही परिवर्तनहरु जस्तै विश्वको अर्थतन्त्रमा गिरावट, गरिवीको संख्यामा वृद्धि, भोकमरी, महामारी अघि र पछिको जीवनशैलीमा परिवर्तन, समाजिक आत्मियता, परिवारिक उतरदायित्व देख्न सकिने कुरामा अडकलवाजी गर्न थालिएको छ ।

हाल नेपाल लगाएत विश्व समुदाय क्वारेन्टाईनमा वसोवास गर्न वाध्य भएको छ । क्वारेन्टाइन भनेको कसैको सम्र्पकमा नगई चिकित्सकको निगरानीमा एकान्त वास वस्नुलाई भनिन्छ । कोभिड १९ ले क्वारेन्टाईनमा अहिले विश्व समुदायका धनी, गरिव, विभिन्न जातजाती, भेषभूषा, भएका व्यक्ति एकान्त वास वस्न वाध्य भएको अवस्थामा नेपाल पनि अछुतो रहन सकेको छैन । अझ हामि त सामाजिक र भौतिक दुरी कायम गरौँ भन्ने जस्ता नारा जोडजोडले लगाई रहेको छाँै । यस अर्थमा भन्नुपर्दा यो हिन्दु समाजमा चलिआएको एक कुप्रथा जातिय छुवाछुत जस्तै अहिले अस्थाई व्यवहार भोग्नु पर्ने अवस्थाको सिर्जना भएको देखिन्छ ।

‘अझ हामि त सामाजिक र भौतिक दुरी कायम गरौँ भन्ने जस्ता नारा जोडजोडले लगाई रहेको छाँै । यस अर्थमा भन्नुपर्दा यो हिन्दु समाजमा चलिआएको एक कुप्रथा जातिय छुवाछुत जस्तै अहिले अस्थाई व्यवहार भोग्नु पर्ने अवस्थाको सिर्जना भएको देखिन्छ । ’

वर्षौ देखी पेशाका आधारमा छुट्याईएको व्यवस्थालाई आफना स्वार्थ परिपुर्ति लागि कहिल्यै सन्चो नहुने भाईरसका रुपमा हिन्दु समाजमा स्थापित गरि सदियाँै देखि दलित समुदायलाई गरिदै आएको सामाजिक वहिस्कार व्राह्मणवादी चिन्तनवाट उव्जिएको निरकुंश विचार र व्यवहारलाई कोरोना भाईरसले निरक्यौँल गर्न सक्ला ?

के कथित उच्च जात भनिने व्राह्मणवादी चिन्तनवाट वर्षे देखि दलित समुदायलाई क्वारेन्टाईन अर्थात छुवाछुत जस्तो अमानविय व्यवहारले उनीहरुमाथि गरेको थिचोमिचो, कष्ट, पिडाको मर्मलाई कम गर्न र सदाका लागी अन्त्य गर्न मदत गर्ला ? समाजमा आफुलाई सर्वश्रेष्ठ ठान्ने र श्रम गरि खाने दलित समुदायलाई सदियौँ देखि गर्दै आएको व्यवहारले उनीहरुको आत्मसम्मानमा पुगेको चोटको महशुस गराउन सक्ला ? यस गम्भिर प्रश्न माथि विर्मश गर्न आवश्क देखिन्छ ।

जात एक यस्तो व्यवस्था हो, जहाँ श्रमका आधारमा वर्गिकरण गरिएको हुन्छ र जहाँ एक पटक संक्रमित भएपछि आफुलाई वर्ण व्यवस्थाका आधारमा छुट्याइएको उच्च जातमा परिवर्तन गर्न कहिल्यै सकिदैन, चाहे त्यो समाजमा आफुलाई अव्वल सावित गरोस्, उस्लाई सधैँ अछुत, पानी नचल्ने जातको दर्जा वाट हेर्ने गरिन्छ । जीवनभर क्वारेन्टाईन अर्थात अछुत भएर सामाजिक वाहिस्कारपूर्ण जीवनयापन गर्नुपर्ने हुन्छ, छुवाछुत एक यस्तो भाईरस हो, जस्को न कुनै औषधि उपचार हुन्छ न कुनै उपचार पश्चात निको नै हुन सक्छ ।

‘छुवाछुत एक यस्तो भाईरस हो, जस्को न कुनै औषधि हुन्छ न कुनै उपचार पश्चात निको नै हुन सक्छ ।’

अन्त्यमा,
कोरोना भाईरसले ल्याएको विपदमा जसरी विश्व समुदायका मानिसहरु एक भएर लडिरहेका छन् त्यसैगरी समाजीक सद्भावमा खलल पु¥याउने समाजलाई नै प्रदुषित गराउने छुवाछुत जस्तो कुप्रथाको विरुद्ध पनि एक भएर लड्न आवश्क देखिन्छ । छुवाछुतको व्यवहार कुनै निश्चित व्यक्ति तथा समुदायमाथि गरिने हुँदा यो सवैको सरोकारको विषय नहुन पनि सक्छ तर यस्ता कुसंस्कारले समाजमा वितृष्णा, विखण्डन र विद्रोहको सृजना उत्पन्न हुन सक्ने हुन्छ । तर्सथ, कोरोनाको कहरले सिर्जना गरेको संकटलाई सदियौँ देखी समाजलाई विखण्डन गर्दै आएको कुसंस्कारको अन्त्य गर्न अवसरका रुपमा प्रयोग गर्न सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस