बिजय शरण आचार्य,
खै ! कहाँ बाट शुरु गरौँ ? अहिलेको यो जटिल अबस्थाको, बिश्वमा महामारीको रुपमा रहेकोमा कोरोना भाइरस (कोभिड–१९) को बारेमा । अरु भन्दा फरक र जटिल अबस्था । अलिकति मात्र लापरबाही भयो भने पनि ब्यक्तिले ज्यान गुमाउनु पर्छ । अरु जस्तो रोग कहाँ हो र आफु मात्र मर्दा पनि सकिदैँन, यदि लापरबाही गर्यो भने आफ्नो परिवार मात्र हैन सबै सक्छ । त्यसैले त २१ दिन देखि लक डाउनमा बस्या छौ । मेरो बिचारमा लक डाउनलाई आर्थिक अबस्था अनुशार एउटा चाडको रुपमा मनाउने हाम्रो नेपाली समाज पनि रहेको छर्गङ्ग भयो । यो २१ दिनको अबधिलाई सोझो भाषाका भन्नुपर्दा उत्सव या दशै जसरी मनाउने एउटा बर्ग रहेछ हाम्रो समाजमा ।
तर अधिकांसको लागि यो समय चिन्ता, डर त्रास र तनावमा बितेको छ । दैनिक रुपमा सम्पन्न परिवारका लागि मस्तको भयो भने धेरैको लागि कष्टकर भयो । लगभग १ महिना जस्तो भएको लकडाउन आगामी दिनमा कसरी अगाडी बढ्छ सामान्यतया भन्न सकिने अबस्था छैन । यसले झनै कमजोर आर्थिक अबस्था भएकाहरुका लागि थप चिन्ता र गाह्रो अप्ठ्यारोमा बित्ने पक्का छ ।
माथी उल्लेख गरिएको कुराहरु भनेको घरका सबै पारिवार एकै ठाउँमा रहेको अबस्था पनि हो । लकडाउनको आबश्यकता कति छ र महत्वपूर्ण कति छ भन्ने कुराको फरक चीन कोरियाको नियन्त्रणको अबस्था र यसको महत्वलाई नजर अन्दाज गर्ने अमेरीका र इटली सायद प्रयाप्त छ होला । हो हामीले साचेको अबस्थामा लकडाउनले रोगको जोखिमलाई त कम पक्कै गर्यो होला र यो थप संक्रमणबाट जोगिने बिधि हुन्छ होला । हामी मानब हौँ, बाहिर हेर्दा झट्ट् राम्रो देखियो भने भित्री पाटो कोट्याउने कोशिस गर्दैनाँ, आज यसबारे छलफल गर्न जरुरी रहेको छ ।
“घर भित्र सु–सम्पन्न बर्गहरुकाले हालेका खानाका परिकारहरु सायद फेसवुक भरि नै दैख्यौँ होला तर त्यही परिवार भित्रका बिग्रिएका सम्बन्धहरु, भएका लैगिंक हिंसाका घटनाहरु, श्रीमान र श्रीमतीका बिचमा भएका ठाकठुकहरु, बोलीचाली बन्द भएका अबस्थाहरु, घर भित्र श्रीमान रहदा श्रीमतीका छटपटी अनि घरमा सबैसंग बस्दा श्रीमानहरुमा देखिएका अबस्थाको बारेमा आँखा बन्द गरेर सोचौ त अबस्था कस्तो छ ? यसको बारेमा बोल्ने, देख्ने र सार्बजनिक गर्ने कसैका आँट र हिम्म्मत छैन ।”
यदि यहि अबस्था गरिव र कमजोर आर्थिक अबस्था भएको परिवारमा भएको भए सायद माथी उल्लेख गरिएकोे हुने खाने बर्गको मान्छेको उपस्थितीमा गरिब माथी कानुन लादिन्थ्यो । हाम्रो समाज, हाम्रो परिबेश र अबस्था यस्तै भएका कारणले होला, सायद सम्बन्धमा आउने समस्या र दबेर रहेका हिंसा बाहिर आउन नसकेको र उचित कानुनी प्रक्रियामा नआएको ।
आज हामी यो अबस्थाले ब्यक्तिको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक, साँस्कृतिक र आध्यात्मीक रुपमा परेका समस्या भन्दा लकडाउनका कारण ब्यक्तिको मानसिक रुपमा परेको प्रभाव र त्यसले निम्ताएका तनाबका बिषयमा कुरा गर्छोै । यस बिषयमा छिर्नुभन्दा पहिला तनाब केहो ? तनाब निम्ताउने श्रोतहरु के–के हुन ? र यसका ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा सायद बुझन जरुरी छ ।
तनाव के हो ?
यसलाई सबै स्थानमा तनाब नै भनेर बुझेको अबस्था हुदैन । कसै–कसैले क्तचभकक त कसैले त्भलकष्यल भएको भनेर पनि बुझ्ने गरेको पाउछौँ, जहाँ जे जसरी बुझेपनि तनाब भनेको कुनै अवस्था, परिबेश, घटना वा दुर्घटनावाट वा प्राकृतिक तथा दैविय बिपत्तीबाट पैदा हुने एक प्रकारको मनोवैज्ञानिक असर नै तनाव हो ।
“तनाव यस्तो कुरा हो, जसले मानव जीवनमा नै नकारात्मक असर सृजना गरिदिन्छ । मानव जीवनमा विभिन्न उतार चढावहरु आइरहन्छन् र केहि अवस्था यस्ता रहन्छन कि जसले मानव मनोविज्ञानमा नकारात्मक हलचल ल्याइदिन्छन् ।”
उचित तरिकावाट तनावलाइ व्यवस्थित गर्न सकिएन भने नकारात्मक मनोवैज्ञानिक असर वढ्दै जान्छ र व्यक्तिगत अवस्था अझ गम्भिर वन्दै जान्छ । ‘चिन्ताले मानवलाइ चितामा पु¥याउछ’ भन्ने अभिव्यक्तिलाइ मनन् गर्दा पनि तनाव लामो समयसम्म रहिरह्यो भने यसले मानव जीवनमा नै क्षति पु¥याउँछ ।
तनाबका श्रोतहरु :
खासमा भन्नुपर्दा हरेक ब्यक्तिका सोचाई, धारणा, बिश्वास, बिचार तथा संबेगहरु जसरी फरक–फरक छन् त्यसैगरी ब्यक्ति अनुसार तनाबका श्रोतहरु फरक हुन सक्छन् । एउटा ब्यक्तिलाई तनाव बनाउन सक्ने श्रोतले अर्कोलाई फरक नपार्न पनि सक्छ । त्यसैले ब्यक्तिको जीवनमा आउने सक्ने तनाबका बिभिन्न श्रोतहरुका बारेमा यहाँ उल्लेख गरिएको छ :
१. जव व्यक्ति कुनै लामो समयको दिर्घ रोगी (कुष्ठरोग, क्षयरोग, एचआईभि÷एड्स) अथवा यस्तै प्रकारका रोगवाट ग्रसित हुन्छ वा पहिलो पटक यस्तो रोेग लागेको थाहा पाउछ ।
२. पारिवारको बिचको सम्बन्ध बिग्रनु अथवा वावु–आमा, श्रीमान–श्रीमती, वा अन्य कुनै सदस्यसँगको सम्वन्धमा समस्या उत्पन्न हुनु वा पारिवारिक बिचलन आउनु । वा प्रेमी वा प्रेमिकाले धोका दिनु ।
३. घरेलु हिँसा, हेला, दुव्र्यवहार, वलात्कारमा पर्नु, बेचबिखनमा पर्नु वा आफन्तको अस्वभाबिक रुपमा मृत्यु हुनु र दुर्घटनालाई पनि तनावको मुख्य श्रोतको रुपमा लिन सकिन्छ ।
४. रक्सी तथा लागु पदार्थको सेवन÷दुव्र्यसन गर्ने ब्यक्तिमा पनि तनाब हुने गरेको पाईन्छ ब्यक्तिहरुले पहिले तनाबलाई मन गर्नको लागि प्रयोग गरेका हुन्छन् भने यसको लत बसिसकेपटि त स्वयंम् ब्यक्ति र उसको परिवारमा तनाब निम्ताउने मुख्य श्रोत बन्छ ।
५. आजको अबस्थामा कारोनाको कारणले पनि वालवालिका, जेष्ठ नागरिक, महिला तथा समग्र ब्यक्तिहरुमा यसले तनाबमा पारेको महशुुस गरेका छौँ ।
यी पाँच कारणहरुले हरेक ब्यक्तिहरुमा समय–समयमा मानसिक तनाब दिने गरेको पाईन्छ । माथीका सबै श्रोतहरु एउटै ब्यक्तिमा देखिन पनि सक्छ तर तनाबको अबस्था आउन यो मध्ये कुनै एक श्रोतले पनि काम गर्न सक्छ ।
तनाबका मुख्य लक्ष्यणहरु :
कुनै पनि ब्यक्तिमा तनाब भएको वा नभएको भन्ने कुरा यसको लक्षण मार्फत थाहा पाउन सकिन्छ । कहिले काही कुनै लक्षणहरु छिटो आउने र छिटो तनाबबाट मुक्ति पाएको पनि हुन सक्छ । कम्तीमा लगातार एउटै कुराले १ हप्ता सम्म निरन्तर रह्यो भने तनाबको ब्यबस्थापन गर्न जरुरी छ ।
१. अत्याधिक मात्रामा सहन नसक्ने गरी निरनतर टाउको दुख्ने । ब्यक्ति अनुसार यसको दुखाईको अनुभब छुट्टै किसिमले बताउँछ ।
२. अस्वभाविक रुपमा रिस ब्यक्त गर्ने साना–साना कुरामा परिवारमा रिस देखाउने, बोल्न दिक्क लाग्ने, झर्केर बोल्ने र वोल्दा झर्को लाग्ने ।
३. खानामा अरुची हुने, खाना मनै नलाग्ने, कमजोर महशुस गर्ने, हात खुट्टा दुख्ने तथा बाउडिने शरिरमा आलस्यता आउने र दुब्लाउदैँ जाने ।
४. निद्रामा समस्या आउने सुत्न नसक्ने, बिचमा बिउझिने र निन्द्रा नपर्ने र वारम्वार मनमा कुरा खेलिरहने, चिन्ता लागिरहने र वारम्बार एउटै कुरा मनमा खेलिरहने ।
५. ध्यान केन्द्रित गर्न नसक्ने, दैनिक क्रियाकलापमा कमी आउने र परिवार तथा समाज संग सम्बन्ध बिग्रदैँ जाने ।
तनाब घटाउने विधिहरु :
“मानिसहरुमा तनाव घटाउने सोच र तरिकाहरु फरक–फरक हुन्छ । कसैले सकारात्मक उपलब्धीमुलक काम गरेर सामना गर्छन् भने कोही चाहीँ बिध्वसात्मक कार्य गर्छन् । कतिपय अबस्थामा ब्यक्तिको आन्तरिक क्षमता र पारिवारिक सहयोग उच्च भएको अबस्थामा बिस्तारै ठिक हुदै जान्छ, तर पनि कतिपय अबस्थामा ब्यक्तिले केही तनाब ब्यबस्थापनका बिधिहरु अपनाउनु पर्छ, यदि यसो गर्दा पनि तनाब कम नभएको अबस्थामा मनोपरामर्शकर्ताको सहयोग लिनुपर्ने हुन्छ ।”
१. जीवनमा आईपर्ने चुनौतीहरुको सामना र तिनीहरुको आपूmले नै समाधान गर्नका साथसाथै कार्यकुशलतालाई राम्रो बनाउनका लागि व्यक्ति आपूmमा उच्च मनोबल, आत्मविश्वास, आत्मसम्मान, एकआपसमा राम्रो सम्बन्ध र रमाइलो तथा खुशीपूर्ण जीवन हुन जरुरी पर्दछ ।
२. विशेष गरी व्यक्तिले प्रमुख रुपले शारीरिक, संवेगात्मक/भावनात्मक, मनोबैज्ञानिक तथा आध्यात्मिक तबरबाट स्वयंको हेर विचार गर्नु पर्दछ तर यसका प्रक्रिया तथा तरिकाहरु भनें व्यक्ति पछि फरक हुन सक्छन् ।
जसअनुसार केहि स्वयंको हेरचाह गर्ने तरिकाहरु निम्न प्रकारका छन् :
क. नुहाउने वा शरिर भिजाउने, शारीरिक व्यायाम गर्ने, ध्यान गर्ने तथा प्रार्थना गर्ने र आफुले खाने सन्तुलित आहारमा केही परिवर्तन गर्ने ।
ख. हातगोडा शरिर आदिमा मालिस गर्ने/गराउने, आपूmलाई मनपर्ने गीत/संगीत सुन्ने तथा संगीतको तालमा जीउ तन्काउने वा चलाउने ।
ग. जसले आफुलाई दुःख/पीडा दिएको छ, उसलाई चिठ्ठी लेख्ने तर नपठाउने, आप्ना सोच विचार तथा भावनाहरु बारे कविता लेख्ने, चिठ्ठी लेख्ने, प्राकृतिक रुपमा चराचुरुङ्गी र जनावरहरुले गरेका क्रियाकलापहरु हेर्ने ।
घ. बालबालिकाहरु खेलेको हेरेर आफु पनि बालपनको जस्तै कुराहरु गरेर आफुलाई माया गर्ने र खुशी तथा सुखी राख्ने, हाँसोखुशी तथा शान्त भएर आफ्ना अभिव्यक्तिहरु आदान प्रदान गर्ने।
ङ. कामबाट फुर्सद लिएर केही समय आराम गर्ने, नयाँ ठाउँ परिवारका सदस्यसंग घुम्न जाने र रमाउने परिवारका सदस्यसंग सबै समस्याहरु बताउने ।
थप आबश्यक परेमा सम्पर्क गर्न सक्नु हुनेछ ।