कोरोना र हाम्रो भविष्य

निम बहादुर नेपाली,

नोभेल कोरोना भाईरस (कोभिड–१९) का कारण विश्व नै आतंकित भईरहेको अवस्थामा यसको नियन्त्रणका लागि अपनाइएका विशेष प्रयासले कुनै खास परिणाम दिन सकिरहेको देखिदैन  । नेपालले पनि ३ साताको लकडाउन पुरा गरी १२ दिन थपेर वैशाख १५ गते सम्मका लागी समय बनाएको छ । यसरी निरन्तर वन्दावन्दी अर्थात लकडाउन हुदै गर्दा यसले सिर्जना गरेको संकटले भने कमजोर अर्थतन्त्रको जगलाई अझ कमजोर अवस्थामा प¥याउने आकंलन गर्न सकिन्छ तर पनि कृषि, पर्यटन, उद्योग, व्यवसाय, कलकारखाना, यातायात, श्रम, मनोरञ्जन, निर्माण, रोजगारी तथा रेमिट्यान्स लगाएतका क्षेत्रमा पार्ने असरका विषयमा अहिले नै विश्लेषण गर्नु अलिक हतारो होला ।

कोरोना भाईरसका कारण विश्वको अर्थतन्त्र ओरालो लागेका वेला विश्व वैंकले केहि दिन अगाडि गरेको नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ को विचमा सिमित रहने प्रक्षेपण गरे संगै नेपालले १५ औं योजनाको आधारपत्रले आर्थिक वृद्धि १०.५ प्रतिशत पु¥याउने लक्ष्य सम्म पुग्ने यात्रा कठिन हुने कुरामा भने प्रष्ट हुन सकिन्छ । यो महामारी सँगै सिर्जित सकंटले विश्वका मुलुकहरु संगै नेपालमा पनि गरिवीको वृद्धि दर वढ्ने, रोजगारीको सिर्जना गर्र्न र वेरोजगारीको व्यवस्थापन गर्न कठिनाई हुने देखिन्छ ।

कोरोनाको कहर व्यवस्थापन सँगै हाम्रो अवको भविष्य कस्तो होला ? यो संकट पछिको विग्रिएको हाम्रो अर्थतन्त्र कसरी व्यवस्थापन गर्ने भन्ने जस्ता विषयले पिरोल्न थालिसकेको छ । रेमिट्यान्स र कृषिले धानेको हाम्रो अर्थतन्त्रलाई सवल वनाउन सरकारले हावादारी गफ मात्र सिमित नगरी यथार्थमा आधारित योजना निर्माण र उक्त योजना कार्यान्वयनमा जोड गर्न तर्फ लाग्नु पर्ने देखिन्छ । हाल कोराना भाईरसका कारण वैदेशिक रोजगारका लागि गएका युवा स्वदेश फर्किरहेका छन् र फर्कन चाहन्छन, यसरी फर्किएका र फर्कन चाहने युवा जनशक्तिलाई देश भित्रै उत्पादनमुलक क्षेत्रमा परिचालन गरि आत्मनिर्भर हुने सुवर्ण अवसर हुन सक्दछ । कोरोना भाईरसका कारण हाम्रो अर्थतन्त्रको आधार रेमिट्यान्स प्रभावित हुने निश्चित भईसकेको छ, यस अर्थमा वैदेशिक रोजगारी संगै आन्तरिक रोजगारी पनि गुम्ने पक्का छ ।

देशको कुल ग्राह्स्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७.५९ प्रतिशत देखाएको छ भने अझै पनि कृषिमा निर्भर जनसंख्या ७३.९ प्रतिशत रहेको तथ्याङ्कले देखाउँदछ । तर पनि कृषि लगाएतका अन्य वस्तुमा हामी परनिर्भर हुनुपरेको यर्थाथता हामी सामु रहेको छ । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि क्षेत्रवाट अर्थतन्त्रमा कुनै पनि उल्लेखनिय योगदान पु¥याएको भने देखिदैन । अत, हाम्रो अर्थ र जीवनयापन सुधार गर्न के कस्तो कुरा गर्न सकिन्छ त ?

स्थानिय स्तरमै रोजगारीको सिर्जना गरौं
कोराना भाईसका कारण वैदेशिक रोजगारीका लागी गएकाहरु धमाधम फर्किने अवस्था सिर्जना भएको छ । जसले गर्दा राज्यलाई आर्थिक भार वढ्न जाने र वेरोजगारी वढदै जाने हुन्छ तसर्थ स्थानिय स्तरमा नै युवालाई स्वरोजगार हुन एवम् व्यवसायमा लगाउनुको विकल्प छैन । सरकारले वैंक, लद्युवित, सहकारी, जस्ता वित्तिय संस्थासंग समन्वय गरि निरव्याज लगानीका लागि ऋण उपलव्ध गराउने, विदेशमा सिकेको सिप स्वदेशमा प्रयोग गर्न प्रत्साहित गर्न, गराउन सरकारले समन्वयकारी अभिभावको भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । स्थानियस्तर वाटै स्वरोजगार हुन चाहनेहरुलाई उनीहरुको सिप र क्षमतालाई मध्यनजर गर्दै आवश्यक परामर्शको व्यवस्था, उत्पादित वस्तुको वजार व्यवस्थापन मिलाउने तर्फ ध्यानदिनु आवश्यक देखिन्छ । अझै लगानी सुरक्षाको ग्यारेन्टी सरकार पक्षवाट गरि दिदा स्वदेशमै स्वरोजगार वन्न प्रोत्साहन मिल्ने देखिन्छ ।

कृषिमा आधुनिकिकरण गरौं
सुन्दर नारा र योजनामा मात्र सिमित कृषि कर्मलाई आधुनिकिकरण तर्फ लैजान विशेष पहलीकदम वढाउन जरुरी छ । वर्षेनी राज्यको थुप्रो वजेट कृषि क्षेत्रका लागी छट्याईएता पनि वास्तविक कृषक समक्ष नपुगेको कारण कृषकलाई खेती किसानी गर्नलाई उत्साहित गर्न सकिरहेको छैनौँ । अझै, परम्परागत कृषि प्रणालीले अपेक्षाकृत उत्पादन नहुदा, उत्पादित वस्तुको राम्रो मुल्य र वजार व्यवस्थापन नहुनुले पनि थप वितृष्णा वढाएको छ । कृषि विषय मै विषज्ञता हासिल गरेका व्यक्तिको विचार जागिर गर्नु मात्र नभई व्यवसायमुखी वनाउन नसक्नुले पनि अपेक्षाकृत कृषिमा फड्को मार्न सकिरहेका छैनौँ । थोरै लगानी र कम मेहेनतमा राम्रो आम्दानी र उत्पादन गर्न कृषि क्षेत्रमा आधुनिक प्रविधि भित्राउने, परम्परागत कृषि पद्धतिमा आधुनिक तरिका अपनाउदा र सरकारले पनि वास्तविक किसानका लागि प्रोत्साहनका प्याकेजहरु ल्याउन सकेमा पनि कृषिमा आत्मनिर्भर हुन सकिन्छ । कृषि प्रधान देश कृषि उत्पादनमै मात्रआत्मनिर्भर हुन सकेमा पनि धेरै कुराको आयातमा कमि आउँछ ।

खोज तथा अन्वेषणलाई व्यापक वनाउँ
प्राकृतिक सौन्र्दय संगै प्राकृतिक श्रोत साधनले पनि भरिपुर्ण राष्ट्र हो नेपाल । प्रशस्त खानीहरु पहिचान भएता पनि यसको व्यवस्थापन र उत्खनन्मा सरकारले चासो दिएको भने देखिदैन अझ केन्द्र र प्रदेश सरकार विच संरक्षण तथा उपभोग गर्नलाई दोहोरो वाँडफाँडको अधिकारले झनै झन्झटिलो वनाएको देखिन्छ । तसर्थ संघ, प्रदेश र स्थानिय यी तिनै तहका सरकारसगंको समन्वयवाट पहिचान भईसकेका खानी उत्खन्न र अरु पनि खानी अध्ययन, अनुसन्धान र उत्खनन् गर्न सके आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने छ ।

उद्योगलाई प्रोत्साहन गरौं
कोरोनाले प्रभावित अर्थतन्त्रलाई सुधार गर्न उद्योग, कलकारखाना स्थापना तथा संचालन गर्नु एक उत्तम अवसर हो । जव हामी कुनै पनि कुराको आयात नगरी आत्मनिर्भर वन्दै जान्छौ,  हाम्रो लगानी वाहिर जान पाउदैन्, लगानीको वातावरण वन्दछ र रोजगारीको सिर्जना हुन्छ । स्थानिय श्रोत साधनको अधिकतम उपयोग हुन्छ र आन्तरिक खपत सगै वाह्य खपतका लागि निर्यात हुदा आर्थिक समृद्धि हुन्छ । ठुला ठुला काम गर्न छुट्याएको फजुल र अनउत्पादक खर्च कटाएर भएका तर संचालनमा आउन नसकेका उद्योग, कलकारखानामा लगानी गर्न सकिन्छ । विस्तारै हाम्रा आन्तरिक भएका चिनी कारखाना, चुरोट कारखाना, वासवारी छाला जुत्ता कारखाना लगाएतका धेरै उद्योग कारखाना वन्द हुदै गएको अवस्थामा विद्युतमा आत्मनिर्भर हुदै गएको अवस्थामा सस्तो सहुलियत दरमा प्रोहत्साहन स्वरुप विद्युत उपलव्ध गराई उद्योग कलकारखाना सञ्चालन गर्न सकेमा पनि आर्थिक समृद्धिको वाटो तर्फ जान सकिन्छ ।

संकट पछि,
भुकम्प र अघोषित नाकावन्दीले थिलो–थिलो वनाएको हाम्रो अर्थतन्त्रमा कोराना भाईरसले अझ थपजोड पु¥याउने देखिन्छ । अहिलेको समयमा विश्वलाई परेको संकट सवै एक भएर सामना गर्नुको विकल्प नभएता पनि यसको नियन्त्रण पछी भने ठुलै परिवर्तन आउने कुरा निश्चित छ । लामो समयको वन्दावन्दी अर्थात लकडाउनले हाम्रो जस्तो हरेक वस्तुमा परनिर्भर हुनुपर्ने अतिआवश्यक सामाग्री वाहिर वाट नै आयात गर्नुपर्ने अवस्थामा देश भित्रै उत्पादन गर्न नसक्नुले पनि चिन्ताको विषय खडा गरेको छ ।
यसरी हाम्रा अतिआवश्क दैनिक उपभोगका समानमा अरुको भर पर्नुपर्ने वाध्यात्मक समयमा कोराना भाईरसका कारण लामो समय सम्म उत्पादन नहुने र उत्पादित समाग्री पनि आयात निर्यात सहज रुपमा गर्न नसकेको खण्डमा दैनिकी चलाउन परेको असहजताको महशुस गरि आत्मनिर्भर वन्न तर्फ प्रोत्साहित गर्ला त ? जसरी अहिले महामारीको संकटका वेला अतिआवश्यक सामाग्री व्यक्तिगत सुरक्षा समाग्री (पिपिई) लगाएतका अन्य समाग्री खरिदमा भोग्नु परेको सास्ती एक ताजा दृष्टान्तका रुपमा लिन सकिन्छ । यस्तो राष्ट्रिय संकटको घडीमा आईपर्ने समस्यासंग जुध्दै यस्ता विकराल समस्यावाट आत्मनिर्भरको पाठ सिक्दै अघि वढ्न सकेमा हाम्रो भविष्य सुन्दर हुने कुरामा विश्वस्त हुन भने सकिन्छ ।

                                                                        निम बहादुर नेपाली
                                                  अध्यक्ष, दलित बिकास समाज (डिडिएस) सल्यान ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस