कोरोना भाइरसबाट बच्न के गर्नुपर्छ ?

बिचार

 

चन्द्र बहादुर खत्री


अहिले बिश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस)ले लाखाँै मानिसको ज्यान लिइसकेको छ भने लाखौँ मानिसहरु संक्रमित छन् । यो संख्या दिनानुदिन बढ्दो क्रममा छ । बिश्वका बिकसित, अतिबिकसित राष्ट्रहरुलाइ समेत यो महामारीको सामना गर्न हम्मे–हम्मे परिरहेको कुरा सर्बबितित नै छ । यो रोग सन् १९१८ को स्पेनिस फ्लू पछिको ठुलो महामारी हो । तस्तै सन् २००२मा मासार्स र सन् २०१२ मा देखिएको मर्स महामारीको रुपमा फैलियको फ्लू जसले पनि धेरै मानिसको ज्यान लिएको थियो ।

अहिले देखापरेको कोंभिड १९ को संक्रमण चिनको उहान प्रान्तमा डिसेम्बर २०१९ देखि सुरु भएको हो । यो रोग श्वासप्रश्वास र ब्यक्तिगत सम्पर्कबाट एक संक्रमित ब्यक्तिबाट अर्को स्वस्थ ब्यक्तिमा सर्ने सरुवा रोग हो । डब्लुएचओले यो रोग लाई ११ मार्च २०२० का दिन बिश्व महामारीको रुपमा घोषणा गरिसकेको छ । हाल बिश्वका अधिकांस मुलुक लकडाउनको अबस्थामा छन् । हाल सम्म बिश्वमा ३४ लाख बढी मान्छे संक्रमित भइसकेका छन् भने २ लाख ४४ हजार बढीको मृत्यु भइसकेको छ ।

नेपालमा हाल सम्म ५९ जना संक्रमित भएको र सो मध्ये १६ जना निको भइ फर्किसकेको अबस्था छ भने नेपालमा अहिले सम्म कुनै पनि संक्रिमितको मृत्यु भएको छैन । कोभिड (१९ भाइरसSARS -severe acute respiratory syndrome_ COV-2 एक नयाँ प्रजातिको भाइरस हो । मानिसको शरीरमा श्वासप्रश्वासको माध्यमबाट प्रबेश गरेपछि हाम्रो शरिरको रोग प्रतिरोधात्मक प्रणाली  immune system ले यस भाइरसलाइ निस्तेज पार्न सुरु गर्छ, त्यसको लागि शरीरमा सुरुमा igMनामको र पछि igG नामको एन्टिबडि उत्पादन सुरु गर्छ, शरीरमा एन्टिबडि बने पछि भाइरस र एन्टिबडिको बिचमा युद्धको अबस्था हुन्छ । यो अबस्थामा निस्कने mediators हरुले शरीरका बिभिन्न अंगहरुमा असरहरु पनि देखा पर्छन्, जुन सामान्य देखि जटिल प्रकृतिका समेत हुनसक्छन ।

सर्ने तरिका :
कोरोना भाइरसबाट संक्रमित ब्यक्तिले खोक्दा, हाच्छिउ गर्दा मुखबाट निस्किएका खकार वा थुकका छिटाहरु सतहमा पर्छन र यदि उक्त सतहमा हातले छोएपछि हातहरुले भाइरस लिन्छ र ति हातहरुले नाक, मुख र अाँखा छोएमा भाइरस घाँटी र स्वन्त्र कोर्ने कोषहरुको सम्पर्कमा आउँछन र भित्र प्रबेश गरे पछि गुणात्मक रुपमा बृदि हुन्छन ।

लक्षणहरु :
१. सिँगान बगिरहनु
२. घाँटी सुक्नु तथा दुख्नु
३. पखाला लाग्नु
४. बान्ता हुनु
५. लगातार टाउको दुख्नु
६. लगातार ज्वरो आउनु
७. श्वाँस फेर्न गाह्रो हुनु

उपचार बिधि :
अहिलेसम्म यो भाइरसलाइ मार्ने ब्लAntiviral औषधि बनेको छैन । असर देखिएका अंगहरुमा supportive उपचार गर्ने गरिएको छ भने समय संगै शरीरले Antibody बनाएर नियन्त्रण गर्न सके बिरामी निको हुन्छ ।

संक्रमण हुनबाट बच्ने उपायहरु :
१. मास्कको प्रयोग गर्ने
२. साबुन पानीले बारम्बार मिचिमिचि हात धुने
३. भौतिक दुरी कÞायम गर्ने, अनाबश्यक भिडभाडमा नजाने
४. खोक्दा वा हाँच्छिउ गर्दा कपडा वा टिस्यू पेपरले मुख छोप्ने
५. हातले आफ्नो आँखा, नाक र मुख नछुने
६. आफु बस्ने कोठा तथा घरको सतह, कुर्सी, टेबुल आदीलाइ बारम्बार सफा गर्ने
७. आफुले प्रयोग गर्ने सरसामानहरु बारम्बार सफा गर्ने
८. रुघाखोकीका लक्षण देखिएमा अलग्गै बस्ने र नजिकको स्वास्थ संस्थामा सम्पर्क गर्ने
९. बिराीको सम्पर्कमा नजाने

कोरोना रोकथामका लागी बाँझकोट स्वास्थ्यचौकीले अपाएका साबधानी :
कोरोना भाइरस रोकथामको सन्दर्भमा बाँझकोट स्वास्थ्य चौकीले बिभिन्न प्रयासहरु गरेको छ । कोभिड १९ को महामारी नेपालमा प्रबेश गरिसके पछि सुरुमा स्वास्थ्य सुरक्षा सामाग्रीको उपलब्धता नभएता पनि हामीले नेपाल सरकारको निति निर्देशन बमोजिम सबै भन्दा पहिले कोरोना भाइरसको बारेमा जनचेतना जगाउने क्रियाकलाप सुरु गरेका हौँ । तत्पश्चात संस्थामा आउने सेवाग्राहीलाइ प्रबेश द्वारमै साबुन पानीले मिचिमिचि हात धुने ब्यबस्था र भौतिक दुरि कÞायम राख्दै सेवाप्रबाहलाइ निरन्तर दिन सक्यौँ ।

सेवा संगसंगै जनचेतना अभिबृदि गर्ने कामलाइ पनि निरन्तरता दियौँ बिस्तारै सेवाग्राहीमा पनि सकारात्मक प्रभाब पर्यो । सुरुमा भौतिक दुरी कÞायम राखी सेवाप्रबाह गर्दा सेवाग्राहीले केहि असहज महसुस गरेता पनि बिस्तारै सकारात्मक प्रभाब पर्यो । स्वास्थ्य सुरक्षा सामाग्रीको अभाबमा पनि जोखिम मोलेर हामीले सबै सेवा सञ्चालन गर्यौ, सबै कर्मचारीको सेवाप्रतिको प्रतिबद्धताले पनि कार्य सञ्चालनमा सहज भयो ।

केहि समय पछि नगरपालिकाबाट स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध भएपछि सेवा प्रबाहमा निकै सजिलो र सुरक्षित महसुस भएको छ । तर सबै वडाहरुले मास्क बितरण गरिसकेको अबस्था छ तर प्रयोग भने त्यति भयको पाइदैन र बेवास्ता गर्ने, भिडभाडमा जाने अबस्था अहिले पनि छ । यस्तो अबस्थाको अन्त्य गर्न सरोकारवाला सबैको ध्यान केन्द्रित हुन जरुरी छ ।

यस्तो बिषम अबस्थामा पनि बनगाड कुपिन्डे नगरपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानलाइ प्रबाह नगरी कार्यक्षेत्रमा अहोरात्र खटिएर सेवाप्रबाह गरिरहनु भएको छ । यो निकै सकारात्मक कुरा हो । यस्तो बिषम परिस्थितिमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको मनोबल उचो राख्न सरोकारवाला निकायले ध्यान आबश्यक छ । र ध्यान दिने छ भन्ने कुरामा सबै स्वास्थ्यकर्मी बिश्वस्त छन् । स्वास्थ्य क्षेत्रमा काम गर्ने संघसंस्थाको पनि सक्रिय सहभागिता हुन सकेको भए अझै सुनमा सुगन्ध हुने थियो ।

अन्त्यमा सबै सजग, सचेत हुन जरुरीछ, हरेक नागरिकले आफ्नो दायित्व र जिम्मेवारी बोध गर्न सकेको खन्डमा कोरोना भाइरससंग सजिलै लड्न सकिन्छ । सबैको हातेमालो, सहभागिता र सहयोगले मात्रै कोरोनालाई जित्न सकिन्छ । कोरोना रोकथामको लागी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिको बढी जिम्मेवारी होला तर त्यसमा नागरिकले सरकारी नियमको पालना गरिदिए अझ सजिलो हुन्छ । र सबै क्षेत्र सक्रिय भएर लाग्न आबश्यक छ । अनि मात्रै जितिन्छ कोरोना सँगको लँडाई ……..!

 

 

                                                                 चन्द्र बहादुर खत्री
                                 सिनियर अहेब, माँझकोट स्वास्थ्य चौकी, बन्गाड कुपिण्डे नगरपालिका ।

प्रतिक्रिया दिनुहोस