प्रेम सुन्दा नै कति मिठो र आनन्द लाग्ने शब्द हो । अझै भनौँ न आँखा बन्द गरेर मायाको भाबलाई महशुस गर्दा मन आनन्दित भएको अनुभुति गर्न पाईन्छ । आममानिसले कल्पना गरेको भन्दा कहिलेकाही प्रेमका फरक स्वरुपहरु पनि हाम्रा समुदायमा देख्न र सुन्न अबसर प्राप्त हुदो रहेछ । त्यही सुनेका र देखेका केही प्रेमका अनुभुति तपाईहरु समक्ष ब्यक्त गर्ने जमर्को गर्दैछु । लकडाउनले कसैका लागि मिठो प्रेमको भावना अंकुराउने बाताबरण दियो । कसैका लागि धेरै दिनको बिछोड एक्लोपनका कारण बढ्दै गरेका प्रेममा पूर्ण बिराम पनि लाग्न सक्ने संभावना पनि रहेको देखिन्छ ।
म परामर्शकर्ता भएर पनि होला धेरै जनाका प्रेमका सकारात्मक र नकारात्मक दुबै पक्षलाई नजिकबाट साक्षात्कार गर्ने मौका पाएको छु । यो ४३ दिनको लकडाउनको अबधिमा मैले भेटेका र मैले कुरा सुनेका एक जना युवाको बारेमा यहाँ जानकारी गराउँछु । यसको मतलब यो होईन की म उहाँका कुरा सार्बजनिक गर्दैछु उहाँको अनुमतिले यो कुरा बताई रहदा सायद अरु युवाहरुमा पनि यसको सकारात्मक सन्देश जाओस र प्रेमको बास्तबिक अर्थलाई नजिकबाट चिन्न सजिलो होस भन्ने नै हो ।
” यो ४३ दिनको लकडाउनको अबधिमा मैले भेटेका र मैले कुरा सुनेका एक जना युवाको बारेमा यहाँ जानकारी गराउँछु । यसको मतलब यो होईन की म उहाँका कुरा सार्बजनिक गर्दैछु उहाँको अनुमतिले यो कुरा बताई रहदा सायद अरु युवाहरुमा पनि यसको सकारात्मक सन्देश जाओस र प्रेमको बास्तबिक अर्थलाई नजिकबाट चिन्न सजिलो होस भन्ने नै हो । ”
रोहन (नाम परिबर्तन) ३७ बर्षको एउटा बिबाहित पुरुष । जसको जन्म कर्णाली प्रदेशमा सामान्य परिवारमा भएको थियो । उनको जीवनशैली समान्य नै थियो । गाउँको बसाई ठिकै थियो । भर्खरै किशोराबस्थामा प्रबेश गरेको मात्र के थिए प्रेममा परे । केहि समयको प्रेम पश्चात उनले बिबाह पनि गरे ।
बिबाह पश्चातका केहि बर्षहरु साह्रै रमाईला र स्मरण योग्य भएर बिते । बच्चाबच्ची पनि जन्मिए । साह्रै माया गर्थिन श्रीमतीले रोहनलाई । बिस्तारै मायाले मात्र जीवन चल्दैन भन्ने कुराको महशुस हुदैँ गयो । परिवारको जीबनशैली सहज होस र सबै कुराको ब्यबस्थापन गर्नको लागि पैसा पनि पनि होस भनेर श्रीमान र श्रीमतीको सल्लाहमा रोहन काम गर्न शहर पस्छ ।
शहरमा लामो समयको संघर्ष पश्चात सामाजिक संस्थामा काम गर्न शुरु गर्छ । मेहनती र लगनशील रोहन २ बर्षको अनुभब पछि त्यस संस्थाको राम्रो पदमा पुग्छ । उसलाई घर परिवार श्रीमती छोराछोरीका आबश्यकतापूर्ति गर्नमा सक्षम हुन्छ । एक हदसम्म आफ्नो पहिचान पनि वनाउन सफल हुन्छ । संस्थाका सबै ब्यक्तिहरु उ संग साह्रै खुशी हुन्छन् । सामाजिक संस्थामा एकदमै कम बिदा पाईन्छ र परिवारसंग बिताउने समय एकदमै कम हुन्छ यहिकारण पनि हुन सक्छ होला सायद परिवारमा बिश्वासको बाताबरण घट्दै जान्छ ।
रोहन जुन संस्थामा काम गर्छ त्यो संस्थाले अहिले कोरोनाबाट प्रभाबित रहेका ब्यक्तिहरुलाई बिभिन्न प्रकारका सहयोग गरिरहेको छ । त्यहीभएर पनि उ आफ्नो परिवारसंग घर जान पाएन् । अफिसको काम कार्यालयमा गएर गर्न नपर्ने केहि काम घरबाटै सम्भब भए सम्म गर्ने भएकै थियो । लकडाउनको प्रभाब दिनभरी एक्लो बसीरहदा साथी बन्यो फेसबुक । उसलाई लाग्दैछ संसार यहि मै छ । सायद उसले परिवार भुल्दै छ ।
दिनभरि बिस्तरामा पल्टेर फेसबुक चलाउँदै गर्दा र एक जना महिलाको फेसबुक साथी बन्नका लागि अनुरोध आयो । हे¥यो, चिनेको साथी नै रहेछ । चिनेको साथीले पठाउदा हत्तनपत्त स्वीकार ग¥यो र हाई भन्दै स्वीकार गरेको जानकारी पनि गरायो । आखिर लकडाउन न थियो यो बिचका केही दिनमा हाई बाट शुरु गरेका कुराहरु बिस्तारै कामसंग सम्बन्धित हुदै परिवार हुदै ब्यक्तिगत अनुभवहरु आदानप्रदान हुन थाले । सबै कुराहरु खुल्ला रुपले आदानप्रदान हुन थाले ।
” दिनभरि बिस्तारामा पल्टेर फेसबुक चलाउदै गर्दा र एक जना महिलाको फेसबुक साथी बन्नका लागि अनुरोध आयो । हे¥यो चिनेको साथीनै रहेछ । चिनेको साथीले पठाउदा हत्तनपत्त स्वीकार ग¥यो र हाई भन्दै स्वीकार गरेको जानकारी पनि गरायो । आखिर लकडाउन न थियो यो बिचका केही दिनमाहाई बाट शुरु गरेका कुराहरु बिस्तारै काम संग सम्बन्धित हुदै परिवार हुदै ब्यक्तिगत अनुभवहरु आदानप्रदान हुन थाले । सबै कुराहरु खुल्ला रुपले आदानप्रदान हुन थाले ।”
समय बित्दै गयो, यो लकडाउनका बिचमा खुलेर माया प्रेमका कुराहरु हुनथाले । भोलीका दिनका बारेमा योजनाहरु बन्न थाले । एकदमै रमाईलोका बिचमा दिनहरु बितेका छन् । बिहान सबेरै देखि रातीअबेर सम्मजति कुरा गरेपनि सकिदैन । उनीहरुको कहिले लेख्ने, कहिले हेर्ने र कहिले बोल्ने यी सबै सुबिधाहरु लिएका छन् । जसको कारणले उनीहरुले कोरोना भाईरसले पारेका नकारात्मक प्रभाब प्रतिखासै चासो राखेका छैनन् । उनी भन्छन् ‘सायद लाग्छ फेसबुक हाम्रै लागि बनेको हो’ ।
तर जव लकडाउन घट्दै गयो, मायाको पारो पनि ओरालो लाग्दै गयो कारण थियो दुबै जनाले फुर्सदमा लगाएको माया थियो । आखिर केटा मान्छे त थियो रोहन । सबै कुरा बिर्सिएर माया ग¥यो उसलाई तर त्यसको बिपरित नतिजा भोग्यो उसले सायद लकडाउन पछि चिन्दैन होला रोहनलाई । अहिले रोहन सोध्दैछ, के माया फुर्सदको हो ? काम नभाको बेलामा गर्ने कुरा हो माया ? माया गर्ने नै भए कहाँ नेर के ले छेक्छ ? मायामा सबै कुरा जायज हुन्छ तर उसले कहाँनेर नाजायज देख्यो मेरो मायामा ? उसले के कारण मलाई बिस्तारै घमण्डी र छुच्चो देख्न थाल्यो ? पहिला दिनभरी जस्तो गर्ने मायामा कहाँनेर ब्यस्तताको र फुर्सदको कुरा आउन थाल्यो ? अनि कहाँ शंका र बिश्वासमा कमी आउन थाल्यो ?
” के माया फुर्सदको हो ? काम नभाको बेलामा गर्ने कुरा हो माया ? माया गर्ने नै भए कहाँ नेर के ले छेक्छ ? मायामा सबै कुरा जायज हुन्छ तर उसले कहाँनेर नाजायज देख्यो मेरो मायामा ? उसले के कारण मलाई बिस्तारै घमण्डी र छुच्चो देख्न थाल्यो ? पहिला दिनभरी जस्तो गर्ने मायामा कहाँ नेर ब्यस्तताको र फुर्सदको कुरा आउन थाल्यो ? अनि कहाँ शंका र बिश्वासमा कमी आउन थाल्यो ? ”
मलाई अन्तिममा रोहनले सोधेका माथिका प्रश्नहरुको उत्तर दिन म सक्दिन होला तर अबश्य पनि अनुभव चाही गर्न सक्छु । माया यस्तो मिठो अनुभूति हो, यसको कुनै आकार हुदैन, माया निराकार छ । केहि दिन कसैसंग अन्तरंग कुराकानी गर्न पाउदा, दोहोरो रुपमा आफ्ना अनुभव सुनाउन पाउँदा मन बाटै खुशी महशुस हुने मानवीय स्वभाब पनि हो । यसमा थप प्रभाब बिपरित लिङ्गले महशुस गर्ने प्रेमका भाब झल्किने रस रागका कुराहरु मात्र गर्नुलाई सायद माया भनिदैन होला । साचो अर्थमा मायाको परिभाषा र मायाको बास्तबिकता बुझेर माया लाईदैन होला । मेरो बिचारमा मायामा सब कुरा खुला हुनुपर्छ होला, मायामा यो या त्यो नाममा नियन्त्रण जरुरी हुदैन् होला अनि मायामा हो होइन, पाईन्छ पाईदैन पनि जरुरी छैन होला यहि थाहा पाएर त प्रेम र युद्धमा सब जायज हुन्छ भन्या होला ।
” साचो अर्थमा मायाको परिभाषा र माया को बास्तबिकता बुझेर माया लाईदैन होला । मेरो बिचारमा मायामा सब कुरा खुला हुनुपर्छ होला, मायामा यो या त्यो नाममा नियन्त्रण जरुरी हुदैन होला अनि मायामा हो होइन पाईन्छ पाईदैन पनि जरुरी छैन होला यहि थाहा पायर त प्रेम र युद्धमा सब जायज हुन्छ भन्या होला । ”
अन्तमा, हामी सामाजिक रुपले बाँधिएका ब्यतिmहरुका नितान्त ब्यतिmगत सोच हुन्छन्, हाम्रो वरिपरीको बाताबरण संगै तालमेल मिलाउन सक्नु पर्दछ । आफुसंग जोडिएका हरेक सम्बन्धलाई सम्मान गर्नुपर्दछ । बास्तबिकतालाई स्वीकार गरी स्वस्थ सम्बन्ध निभाउन सकिन्छ त्यही भएर त भन्ने गरिन्छ माया शब्द संबेग हो । सम्बन्धहरुमा आफ्ना अनुभबहरु समस्यामाथि छलफल समझदारी पुर्ण ब्यबहार नियमित र प्रभावकारी कुराकानीको प्रयोग गरि हरेक सम्बन्धमा मिठासपन ल्याउन सकिन्छ । सम्बन्धहरुमा आएका समस्या माथि खुलेर छलफल गरौँ ।
माया एउटा सुन्दर मीठो अनुुभुति हो जसलाई महशुस गरौँ, सकारात्मक रुपले आत्मसाथ गरौँ ।