‘लकडाउन र हामी बालबालिका’

बिचार

विश्वमा धेरै देशहरु छन् । ती देशमा धेरै जातजातिका मानिसहरु बसोबास गर्छन् । हामी नेपाली हौं, हाम्रो देश नेपाल हो । हाम्रो देश नेपालमा पनि विभिन्न जातजातिका मानिसहरु बसोवास गर्छन् । विश्वका मानिसहरुले अहिले महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड–१९) को सामना सेल्फक्वारेनटाईन अर्थात घरभित्र बसेर वा सरकारले जनताको भलाईको लागि गरेको बन्दाबन्दी अर्थात लकडाउनको पालना गर्दै कोरनासँग लड्न सक्छौं । हामी सरकारले घोषण गरेको बन्दाबन्दि अर्थात लकडाउनलाई पूर्ण रुपमा पालना गरौं र संक्रमित हुने संख्यालाई बढ्न नदिऔं ।

कोरना भाईरस विश्वमा मानिसहरुको वेवास्ताका कारणले वा लाप्रवाहीले हाम्रो देश नेपाल लगाएत विश्वभर कोरोना संक्रमित हुने, कोरोना भाइरसबाट मृत्य हुने र निको भइ घर फर्कनेको संख्या दिनप्रतिदिन बढ्दै गइ रहेको छ भने बिज्ञानले पनि अहिले सम्म यसको औषधी पत्तालगाउन सकेको छैन । बैज्ञानिकहरुले यो पत्ता लगाएका छन् की कोरोना भाईरस बालबालिका, यूवा र बृद्ध मानिसहरुले एक अर्का विचको भौतिक दुरी कायमगर्ने र रहेक जुन सुकै अवस्थामा पनि साबुनपानीले मिचिमिचि हातधुने र सरकारले घोषण गरेको लकडाउन अर्थात बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने शिवाय अन्य औषधी छैन ।

‘भनिन्छ नी बालबालिका भविष्यमा देशका कर्णधार हुन् । यो कोरोना भाइरसले बालबालिकामा संक्रमितभई महामारीको रुप लियो भने सोच्नुस भविष्यमा देशको अवस्था के होला ? देशको विकास कसरी होला र देश कतातिर जाला ?’

लकडाउन अर्थात बन्दाबन्दीमा बालबालिकले के गर्ने त ? मेरो घर वरीपरी धेरै घरहरु छन् । ति घरपरिवारमा धेरै बालबालिकाहरु छन् । बालबालिकालाई कोरोना भाईरसबाट कसरी सुरक्षित गराउने र देशका निम्तिगोग्य र सफल युवा उत्पादन गरी परिचालन गर्ने भन्ने कुरा परिवारको हातमा हुन्छ । हुन त आफ्ना सन्तानका लागि सबै परिवारले बालबालिकाको राम्रो कामका लागि साथदिने र गलत कामका लागि कसरी राम्रो गर्न सकिन्छ भनि प्रोत्साहित गर्ने हर प्रयास गरीरहनु भएको हुन्छ । त्यस समयमा बालबालिकाले अभिभावकलाई आफ्नो मनमा रहेका भावनाहरु भन्न सक्नुपर्छ र अभिभावकले पनि अभिभावक नभई बालबालिका बनि बालबालिकाको भावनालाई बुभ्mने र सन्ुने गरिनु पर्छ ।

हामी बालबालिकाले नयाँ कुरा सिक्न, देख्न र सृजनागर्न धेरै जिज्ञासु राखेका हुन्छौं । अहिलेको वर्तमान युगमा इन्टरनेट ज्यादै चर्चा र प्रयोगमा आईरहेको छ । हामी बालबालिका पनि इन्टरनेट ज्यादै मन पराउछौं । इन्टरनेटमा हामी बालबालिकाले खेल खेल्न मन पराउनु स्वभाविक कुरा हो । इन्टरनेटमा जे खोज्यो त्यही भेटिन्छ । इन्टरनेटमा के कस्ता साइडहरु चलाउने भन्ने अभिभावक सँगसँगै बसेर चलाउनु पर्दछ, जसले गर्दा अभिभावकहरुले हामीलाई उमेर अनुसार पर्नसक्ने जोखिमहरुको बारेमा बुझाउन र हामीले बुभ्mन सक्छौ । इन्टरनेट चलाउदा हामी बालबालिकाले समयलाई धेरै महत्व दिनु पर्छ र अभिभावकहरुले पनि आफ्ना बालबालिकालाई मोवाइलवा इन्टरनेट कति समय सम्म चलाउने र त्यसको उपयोगिता बारे बुझाउन आवश्यक हुन्छ ।

‘हामी बालबालिकाले कति समय खेल खेल्ने, कस्तो खेल खेल्ने, कविता, कथा, गित र मनोरञ्जनात्मक कार्यक्रमको आगि समयलाई ब्यवस्थापन गर्ने र आफ्नो परिवारहरु सँग बसेर यस्ता क्रियाकलापहरु गर्ने गर्नु पर्दछ ।’

नेपालको सबै ठाउँ र सबै बालबालिकाको पहुँचमा इन्टरनेट सुविधा नहुन सक्छ तर हामी बालबालिकाले हाम्रा अग्रज, मान्यजन आमाबुवा, हजुरआमा हजुरबुवाका भोगाइका अनुभवहरु उहाँहरु सँग लिन सक्नुपर्छ र अभिभावकहरुले पनि आफ्ना बालबालिकाको लागि समय उपलब्ध गराउने, आफ्नाभोगाइ सुनाउने, बालबालिकाका निम्ति, कथाभन्ने, गितगाउने, नाच्ने, कविता, गजल, चित्र, घर भित्र वा आफ्नो घरको आँगनमा खेल्न सकिने खेलहरु, लुडो चेस, चारी (ढुङ्गा गोटी), रुमाल, डोरी जस्ता क्रियाकलापहरु हामी बालबालिका सँग गर्नु वा समय विताउनु अत्ति आवश्यक छ । म आफ्नै समुदायको वरपर हेर्ने गर्छु धेरै जसो अभिवावकहरु आफ्ना बालबालिकाहरु सँग समय नविताइ आफ्ना साथीभाइहरु सँग बढी समय विताइ रहनु भएको हुन्छ यस्तो बन्दाबन्दीको अबस्थामा साथीभाइ भन्दा आफ्ना बालबालिकालाई समय दिनुस भन्न चाहन्छु ।

हामी बालबालिकाले बन्दाबन्दीको समयमा आफ्ना परिवारहरुलाई सहयोग गर्न र परिवारबाट धेरै कुरा सिक्न सकिन्छ । आमाबुवा सँग भान्सामा तरकारी केलाउन, खानापकाउन, कपडा धुन, कोठा तथा घर आँगन सरसफाई गर्न र भाँडा सरसफाई गर्न सक्छौ र अभिभावकले पनि बालबालिकालाई यस्ता क्रियाकलापमा संलग्नता गराई सहयोग गर्नु पर्दछ । अभिभावकहरुले बालबालिकाका लागि कथा, गित, कविता, गजल र विभिन्न प्रकारका सकारात्मक चित्रात्मक कितावहरुको ब्यवस्था मिलाइदिनु पर्छ । जस्ले गर्दा हामी बालबालिकालाई अझैं धेरै सक्रियता बढाउँदछ ।

हाम्रो समुदायमा बन्दाबन्दी अर्थात लकडाउन दिनप्रतिदिन बढ्दै गई रहेको छ भने मेरो स्थानीय सरकारले बन्दाबन्दी अर्थात लकडाउनको समयमा बालबालिका संरक्षणको लागिकुनै पहल गरेको देखिदैन् वाबालबालिकालाई स्थानीय सरकाको बजेटले छुन सकेन । यस्तो समयमा स्थानीय सरकाले बालबालिकाको लागि घर भित्र खेलिने खेल सामाग्री लगाएत कथा, गित, कविता, गजल र विभिन्न प्रकारका सकारात्मक चित्रात्मक कितावहरुको ब्यवस्था मिलाइदिन सकेको भए बालबालिकाहरु घर भन्दाबाहिर कम निस्कने थिए जस्ले गर्दा हामी बालबालिकाले पनि जोखिमको अवस्थामा सरकार छ भन्ने अनुभुति गर्न सक्थ्यौं ।

 

 

लेखक पुजा पहाडी ज्योतीपुञ्ज एकेडेमीमा कक्षा ९ मा अध्ययनरत हुुनुहुन्छ । उहाँको घर शारदा नगरपालिका ४, साहुटोल सल्यानमा पर्छ ।

प्रतिक्रिया दिनुहोस