आज सिङ्गो विश्व नोभल कोरोना भाइरस (कोभिड १९) का विरूद्ध लडिरहेको छ । झन्डै ५ महिना पहिले चिनवाट सुरू भएको कोभिड १९ ले हाल सम्म विश्वका अधिकांस मुलुकमा आफ्नो प्रभाव फैलाएको छ । हालको विकसित चिकित्सा विज्ञानलाई समेत चुनौति दिइरहेको कोरोना भाइरसलाइ फैलिन नदिनका लागि विश्वका धेरै देशहरूले विभिन्न उपायहरू अवलम्बन गरेको देखिन्छ । खासगरी संक्रमण फैलिन नदिन धेरै देशले लकडाउन गरेका छन् । विश्वको अहिले सम्मको अवस्थालाई केलाउने हो भने जुन देशले समयमै लकडाउन गरेको छ, त्यस देशले क्षति समेत कम व्यहोरेको छ भने लकडाउनमा ढिला गरेकोले क्षति पनि वढी व्यहोर्नु परेको छ ।
यस सन्दर्भमा नेपाल सरकारले समयमै सजकता अपनाउदै समयमै पुरै नेपाल लकडाउन गरेको छ । करिव २ महिना हामीले लकडाउन (वन्दावन्दी) लाई व्यहोरी सकेका छौ । कोरोना भाइरसको संक्रमण वढेसंगै विश्वभर यसले विभिन्न प्रभावहरू छोड्ने निश्चित छ । मानिसहरूका दिनानुदिनका काम, उद्योगधन्दा कलकारखाना, लगाएत सवै आर्थिक गतिविधि विगत डेढ महिना देखि ठप्प छ । यसले विश्वका साथै नेपालको आर्थिक गतिविधि र विकासमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । यो महामारीको अन्त्य सम्म विश्वको अर्थतन्त्रमा ठुलो क्षति पुग्ने निश्चित छ, जसको कारण विश्व वजार र वहुउद्धेश्यीय व्यापारमा ठुला धक्का लाग्ने छ ।
पहिले देखि नै आर्थिक रूपमा परनिर्भर वनाइएका नेपाल जस्ता देशहरूलाइ झन् ठूला आर्थिक कठिनाइहरू देखापर्ने छन् । ठूला लगानीका अवसरहरू गुम्ने छन्, लगानीकर्ताहरू भित्रने सम्भावना न्यून हुनेछ, त्यसैले कोरोना पछि परिस्थितिलाई कसरी सहज वनाउने आफु अनुकुल, देश अनुकुल वनाउने, नकारात्मक परिस्थितिलाई कसरी सकारात्मक तिर ढाल्ने भन्ने तिर योजना वनाउन जरूरी छ । जटिल परिस्थितिको सहि विश्लेषण गरि त्यहि अनुरूपको योजना वनाइ अगाडि वढ्न सके कोरोना महामारी विकासको एउटा अवसर पनि हुन सक्छ । स्वाभलम्वि अर्थतन्त्र निर्माण गरि आफ्नो खुट्टामा आफै उभिन सक्ने नँया अवसर पनि हामीसंग छ ।
नेपालले कोरोना पछिको विकासको प्राथमिकतालाई पुर्ण रूपमा परिवर्तन गर्न जरूरी छ, हामीले अहिलेसम्म अवलम्बन गरेको विकासको प्राथमिकतालाई परिवर्तन गर्नसके दिर्घकालिन रूपमा हामीले सकारात्मक नतिजा हात पार्न सक्छौ, हामीले विगतमा रोजगारीका अवसरहरू सृजना गर्न नसकेका कारण, कृषिलाई आधुनिकिकरण र यसमा सहि लगानी गर्न नसकेका कारण तथा नेपालमै काम गर्ने वातावरण तयार गर्न नसकेका कारण ठूलो मात्रामा हाम्रो जनशक्ति देश बाहिर गयो । हामीले हाम्रो जनशक्ति बाहिर गएको प्रति चिन्ता भन्दा पनि उनीहरूले भिञ्याएको रेमिटेन्समा सुःखी भयौं ।
हामीले गाउमै रोजगारीका अवसर सृजना गर्न सकेनौं, स्थानियस्तरमा साना–साना स्केलका उद्योगहरू सञ्चालन गर्न सकेनौं, केही उत्पादन भएका चिजवस्तुहरू, कृषिजन्य उत्पादनलाइ वजारसम्म पु¥याउन राम्रो सडक सञ्जाल निर्माण गर्ने, उत्पादित वस्तुको वजारीकरणको ग्यारेन्टी गर्ने काम हामीले गर्न सकेनौं । गाउमा वन्ने साना सडक, सिँचाई कुलो, खानेपानीका योजना लगाएतका भौतिक निर्माणका काम आधुनिक मेसिन भन्दा पनि सम्भव भएसम्म स्थानिय जनशक्तिवाट निर्माण गर्नेगर्नु पर्दछ । जसले गर्दा विकासका काम पनि दिगो हुने त्यसवाट स्थानिय नागरिकले रोजगारी समेत प्राप्त गर्ने अवस्था वन्न सक्दथ्यो, तर विगतमा त्यसो हुन सकेन । योजनाका काममा स्थानियले सहभागिता जनाउनै पर्ने वाध्यकारी योजनामा पनि मेसिनहरू प्रयोग गरेर काम गर्ने तर कागजी प्रक्रियामा स्थानियको सहभागिता देखाउने अनि सम्वन्धित निकायले त्यसलाइ सजिलै देखेको नदेख्यौ गरेर पास गरिदिने अवस्थाको विकास भयो ।
मानिसहरूले काम गर्न नपाएपछि रोजगारीको अवसर पनि रहेन् । यता विकासका लागि गाउँमा आएको वजेट निश्चित मानिसहरूले फेरि फिर्ता ल्याए, त्यो वजेट गाउँमा परिचालित हुन पाएन्, स्थानियको गोजीसम्म पैसा पुग्न पाएन्, अर्काे कुरा कृषिमा राज्यले खासै लगानी गरेको पाइएन्, केही कार्यक्रम रहेपनि ती पनि केही निश्चित पहुँचवाला र टाठावाठा कहाँ मात्र पुग्यो । यता अर्गानिक खेती प्रणालीलाई रासायनिक मलले हस्तक्षेप गरेर एकातिर महँगो वनायो भने अर्कातिर ती विकासे मलमा दिइदै आएको अनुदान समेत किसानले नपाउने भए त्यस्तै वीउविजनमा आत्मनिर्भर ठाउँमा हाइव्रेट वीउले स्थानिय बीउ विजनलाइ विस्थापित गर्याे । जस्ले गर्दा कृषकले प्रत्येक वर्ष बीउ किन्नुपर्ने वाध्यता भयो भने विउको गुणस्तरीयताले समेत कृषकलाई धेरै पटकसताउने काम ग¥यो ।
यी यावत समस्याले गर्दा मानिसहरू कृषिप्रति आकृसित हुन सकेनन् र खेतवारी वाँझै राखेर वैदेशिक रोजगारीमा हाम फाले । मानिसहरूको घरायसी खर्चमा वृद्धि भैरहेको छ । यता माथिका कारणले कृषि पेशा पनि गर्न नसक्ने भएपछि मानिसहरूले विदेशिनु वाहेकको विकल्प देखेनन् र लाखौं मानिसहरू विदेशिय । फलस्वरूपः हाम्रो जनशक्तिले वगाएको रगत पसिनाले अरू देशहरूले विकासको फड्को मार्ने मौका पाए । हामी भने उनीहरूले पठाउने रेमिटेन्समा मख्ख ! तर अब कोरोना पछि हाम्रो विकासलाई कृषि केन्द्रीत गर्न जरूरी छ । कृषि क्षेत्रमा लगानी वढाउने, कृषकहरूलाइ उत्साहित गर्ने, उत्पादित वस्तुको वजारीकरणको ग्यारेन्टी राज्यले गर्ने, मल बीउ उपलव्धताको ग्यारेन्टी गर्ने, प्राविधिक ज्ञानसीप हस्तान्तरण गर्ने कामलाइ मुख्य जोड दिन जरूरी छ ।
अहिले सम्म हामीले गरेको निर्वाहमुखी खेति प्रणालिलाई अब व्यवसायिक र आधुनिक वनाउन पर्नेछ, कृषि पेशाप्रति देखिएको नकारात्मक धारणा अर्थात कृषि भनेको उपाय नचले पछि गर्ने कर्म हो, जस्तो वुझाइलाई अन्त्य गर्नुपर्दछ, एउटा कृषकले म कृषक हुँ, मैले कृषि पेशा अंगालेको छु भनेर गर्वका साथ भन्ने अवस्था वनाउनु पर्दछ । अहिले विदेशिएका धेरै नेपाली आफ्नो गाउँमा फर्किएका छन्, यो जनशक्तिलाई नेपालमै काम गर्ने वातावरण वनाउन मात्र सकेपनि हाम्रो देशको विकासले फड्को मार्न सक्छ । विदेशिएका युवाहरू नेपाल आएका छन् उनीहरूमा ग्रामिण जीवन र कृषिकर्ममा केही न केही ज्ञान र सिप छ, उनीहरूले कुनै न कुनै हिसावले हिजो पनि सानो स्केलमा भएपनि उनीहरू मध्ये धेरैले त्यो काम गरेकै हुन् सहि योजना र राज्यको पुर्ण सहयोग नभएकाले मात्र उनीहरू त्यसवाट अलग भएका हुन् ।
हामी नेपालीमा भएको त्यहि सीप र अनुभवको जगमा अवको आर्थिक निति केन्द्रित गर्न जरूरी छ, अहिले देश बाहिर रहेका नेपालीहरू जुन अवस्थामा फर्किएका छन् वा फर्कनका लागि लालाहित छन्, उनीहरू निश्चित पनि कठोर मनका साथ देशमै वस्ने कसम खाएर फर्किएका छन् । विदेश सामान्य अवस्थामा मात्र रहेछ, अप्ठारो पर्दा त आफ्नो देश र गाउँ घर नै प्यारो हुदो रहेछ भन्ने सोच उनीहरूमा पलाएको देखिन्छ, त्यति मात्र हैन पैसा सवै चिज रहेन छ भन्ने कुरा मनन् गर्दै उनीहरू गाउँ फर्किएका छन् ।
उनीहरूमा पलाएको यो भावलाइ सरकारले तत्काल उपयोग गर्नु पर्दछ, उनीहरूमा यो भावना धेरै समय नरहन पनि सक्ने भएकोले समयमै सरकारले यस तर्फ सोच्न जरूरी छ । सरकारका लागि अहिले समय पनि उपयुक्त छ किनभने हामी आर्थिक वर्षको अन्त्यमा छौं । नयाँ आर्थिक वर्ष (आगामी) आ.व.को लागि नीति तथा कार्यक्रम र वजेट वनाउने चरणमा हरेकोले यो वेला नयाँ ढंगले सोच्न सजिलो छ । राम्रो नराम्रो जे भए पनि विदेशमा भएकाहरूले पठाएको रेमिटेन्सले देशमा आर्थिक गतिविधिलाई सहयोग पु¥याईएकै थियो ।
उनीहरू स्वदेश फर्किएपछि त्यो पनि बन्द हुन्छ, हामीले उनीहरूलाइ तत्काल उत्पादन सम्म जोड्न सकेनौ भने स्थिति झन् भयावह हुनसक्छ, तर माथि उल्लेख गरिए जस्तो हाम्रो जनशक्तिलाई सहि ढंगले कृषिमा, उत्पादनमा जोड्न सकियो भने अहिले सरकारले प्राप्त गरिरहेको रेमिटेन्स भन्दा वढी भरपर्दो र दिगो स्रोत हुने निश्चित छ । जसको परिमाण स्वरूप हामी आत्मनिर्भर वन्न सक्छौँ ।
लेखक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यानका नेता हुनुहुन्छ ।