गणतन्त्र दिवस र राजनैतिक दल विचको एकता !

बिचार

आज जेठ १५ । नेपालको इतिहासमा कोरिएको एक स्वर्णिम दिन । नेपालीले विजय प्राप्त गरेको दिन । सवै भन्दा पहिले ऐतिहासिक दिन गणतन्त्र दिवसको अवसरमा सवै नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा लामो समयदेखि नेपाली नागरिकको स्वतन्त्रताका लागि सर्घषहरू भए । संवैधानिक राजतन्त्रात्मक वहुदलिय व्यवस्था रहेको नेपालमा आन्दोलनको वलले वर्षाैदेखिको सपना साकार पारेको थियो । नेपालमा गणतन्त्रका लागि विभिन्न समयमा वहस र आन्दोलनहरू भएपनि मुलतः गणतन्त्रको आधार स्तम्भ चाहिँ २०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन र २०५२ सालवाट सञ्चालित जनयुद्ध नै वन्न पुग्यो । यसकै जगमा उभिएर नेपालमा गणतन्त्र स्थापना भयो ।

आ–आफ्नो ढंगले अगाडि वढेका विभिन्न राजनैतिक शक्तिलाई नेपालको राजनैतिक परिस्थितिले एक ठाउँमा ल्याइपु¥यायो । जब नेपालमा राजदरवार हत्या काण्ड पछि राजा वनेका ज्ञानेन्द्र शाहले संवैधानिक मर्यादामा वस्ने भन्दा पनि प्रत्येक शासन गर्ने इच्छा प्रकट गरे र सम्पुर्ण शासन सत्ता आफ्नो हातमा लिए । त्यहि दिन देखि सुरू भयो नेपालमा राजतन्त्रको समाप्तीको दिन । एक्काशौँ सताव्दिका नागरिकलाई स्वतन्त्रता, मानवअधिकार, सञ्चार लगाएतवाट पूर्णरूपमा वञ्चित गर्ने दुस्साहस तत्कालिन राजा ज्ञानेन्द्रले गरे ।

जनताको प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरूलाइ नजरवन्दमा राख्ने, कार्यकर्ता धरपकड गर्ने काम भयो । उता हतिहारबद्ध जनयुद्ध सञ्चालन गरिरहेको माओवादी प्रतिको दमनलाइ पनि तिव्र पारियो । त्यसको परिणाम स्वरूप तत्कालीन नेकपा एमाले, नेपाली काग्रेस लगाएतका सात राजनैतिक दल र नेकपा माओवादी एउटै मिसनका साथ लड्ने परिस्थितीको सृजना भयो । जो नेपाली राजनितिको एउटा महत्वपूर्ण क्षण थियो । वहुदल आइसकेपछि नेपालमा कम्युनिष्ट र काँग्रेसका विचमा ठुलोे लडाइ भयो । अझ भनौँ काँग्रेसले कम्युनिष्टहरूलाइ सत्ताको आडमा धरपकड गर्ने, झुट्ठा मुद्धा लगाउने, अनावश्यक दुख दिने काम गर्याे, अझ हामिले देखेको भोगेको सुनेको कुरा गर्ने हो भने त गाउँमा हुने विवाह र पुजा, जन्ती, मलामीमा समेत राजनैतिक रूपमा दल विच छोइछिट्टो थियो ।

यता जनयुद्ध सुरू गरेको तत्कालिन माओवादीसंग पनि एमाले र काँग्रेसको थुप्रै विमतीहरू रहेका थिए । यस्तो अवस्थामा पनि तीन तिर फर्किएका राजनैनिक दलहरु जनतालाई सदियौँ देखि दास वनाएर शासन गरिरहेको पटक–पटक जनताका अधिकारहरू हरण गर्दै आएको, सेतो हात्तीको रूपमा रहेको राजतन्त्रका विरूद्ध आआफ्ना विचारहरूलाई आफु संगै राख्दै एक ठाउँमा, एउटै लडाईको मोर्चामा आइपुग्नु चानचुने राजनैतिक घटनाक्रम पक्कै पनि होइन । उनीहरू यो महत्वपूर्ण मुद्धामा एक ठाउँमा आए र बाह्र वुदेँ सहमति भयो । जसको एकीकृत वलमा जनआन्दोलन भयो । त्यो कठिन अवस्थामा जनतालाइ अधिकार सम्पन्न वनाउन राजनैतिक दलहरू एक ठाउँमा उभिने शाहस देखाए । जसले गर्दा लाखौँ नेपाली जनतामा एउटा उत्साहको सञ्चार भयो । फलतः आन्दोलन जुरूक्कै उठ्यो, मानिसका लागि सवै भन्दा ठुलो कुरा भनेको उसको स्वतन्त्रता हो । स्वतन्त्रता विनाका सवैकुरा अधुरा हुन्छन् । राजतन्त्रात्मक व्यवस्थाले नेपालीको त्यो स्वतन्त्रता खोसेको थियो ।

नेपाली जनताले विश्वास गरेका राजनैतिक दललाई प्रतिवन्ध जस्तो गरेर, जनतावाट विस्थापित र तृरस्कृत केही पञ्चेहरूलाई साथ लिएर अगाडि वढ्ने दुश्साहस राजा ज्ञानेन्द्रले गरे । राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चालि जनतामा निरकुंसता लादेका थिए । त्यसका विरूद्ध राजनैतिक दलको नेतृत्वमा सिङ्गो नागरिक समाज, सञ्चारकर्मी, वुद्धिजीवी, व्यापारी सहित सवै तप्का एकसाथ आन्दोलनमा होमियो । फलस्वरूपः जनताले जिते, आन्दोलन सफल भयो । नेपालमा जनताले आफ्ना प्रतिनिधि मार्फत संविधान लेख्न, संविधान सभाको कुरा करिव ७० वर्ष पहिले देखि उठाउँदै आएका थिए, जुन कुरा सवै दलहरूको एकतावद्ध संघर्षले सम्भव भयो ।

आन्दोलन सफल भएपछि नेपालमा संविधान सभाको निर्वाचन भयो । फलस्वरूप संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते अर्थात आजकै दिन नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । राती ११ वजेर २० मिनेट जादा गणतन्त्रको घोषणा भएको थियो ।

{ तत्कालिन अवस्थामा संविधान सभा भित्र रहेका ५६४ मत मध्य गणतन्त्र घोषणको पक्षमा ५६० र विपक्षमा नगन्य ४ मत रहेको थियो । जसवाट झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । }

लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पार्दै विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि सवै तहका निर्वाचन संगै हामी संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चरणमा छौँ । गणतन्त्र स्थापनाका लागि कयाँैले वलिदान गरे । कयौँ अंगभंग भए । ठुलो मूल्य चुकाएको ईतिहास साक्षी छ । अहिले हाम्रो विचमा आमुल परिवर्तनका लागि भनेर वलिदान गर्ने, सडकमा उत्रिएर आन्दोलन गर्ने नेपालीहरूको भावना अनुसार काम गर्न सक्छौ कि सक्दैनौँ भन्ने चुनौती छ । तर चुनौतीलाई चिर्दै गर्नु पनि पर्ने नै छ । जनताको स्वतन्त्रता कायम राख्दै राष्ट्रलाई विकासको गतिमा अगाडि लैजाने काम हामीले गर्नु छ । अहिले हामी कोरोना महामारीको विरूद्ध लडिरहेका छौँ ।

कोरोना भाइरसका कारण जनजीवन पुर्णरूपमा प्रभावित वनेको छ । हामी लकडाउनमा छौँ । सरकार आफ्नो सिंगो ध्यान र शक्ति रोगसंग लड्नमा नै केन्द्रित गरेको छ । समयमा नै लकडाउन गरेको र सवै जनताले साथ दिई सरकारको निर्णय पालना गरेकाले कम्तिमा कोरोना प्रकोपकै रूपमा फैलना पाएको छैन् । तथापि यसले आफ्नो प्रभाव भने विस्तार गर्दै लगेको देखिन्छ ।

{ नेपाल र विश्व नै कोरोना भाइरसका विरूद्ध लडिरहेको यो गम्भीर अवस्थामा भारतले आफ्नो विस्तारवादी चरित्र देखाउँदै हाम्रो भूमी मिच्ने काम गरेर आफ्नो सक्कली अनुहार उदांगो पारेको छ । }

यी सवै चुनौतिका विरूद्ध पनि हामी लड्नु नै छ । अहिले राष्ट्रिय स्वाधिनताको अर्काे लडाइमा हामी छौँ । अहिले नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सरकार छ । नेपाल कम्युनिष्ट पार्टीको महत्वपूर्ण सहयोग र सुझावमा नेकपा नेतृत्वको सरकारले ईतिहासमा पहिलो पटक औपचारिक रूपमा मन्त्रीपरिषद् र संसदवाट भारतले अतिक्रमण गरेका नेपाली भूभाग जो हिजो सम्म हाम्रो नक्सामा थिएन् त्यो भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्ने महत्वपूर्ण र साहशिक काम गरेको छ ।

यस विषयमा कुटनैतिक ढंगले वार्ताका माध्यमवाट समस्या समाधान गर्ने भन्दै नेपालले धेरै पटक आग्रह समेत गर्याे तर पनि भारतले यसलाइ कुनै वास्ता गरेन् । नेपालले अहिले राष्ट्रिय स्वाधिनताका सन्दर्भमा एक कदम अगाडि वढेर नक्सा सार्वजनिक गरेको छ । सरकारको यो कदममा पनि सवै क्षेत्रले पूर्णरूपमा साथ दिएको देखिएको छ । संसदमा केही मधेस केन्द्रित दलका सांसद वाहेक अरू सवै शक्तिले यसलाई एउटै एजेन्डा वनाएको देखियो । राष्ट्रियताको यो महत्वपूर्ण सवालमा राष्ट्रिय सहमति जुटाउने र यसको समग्र नेतृत्व गर्ने काम सरकारले गरेको छ भने सवैले यसलाई साथ दिनुलाई अत्यन्त सकारात्मक रूपमा लिनु पर्दछ ।

प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता मिलेन्द्र रिजालले भारतिय टेलिभिजनमा अन्तर्वार्ता दिदै नेपालको संसदमा हामी प्रतिपक्षी हौला तर राष्ट्रियताको सवालमा हामी नेपाल सरकारको साथमा छौँ भन्ने वजनपूर्ण जवाफ दिनुले पनि सकारात्मक सन्देश दिएको छ । दलहरूका विचमा अन्य विषयमा थुप्रै असहमतिहरू होलान्, आआफ्ना राजनैनिक एजेन्डा होलान् ती सवै वहस छलफल गर्दै जाउँला तर राष्ट्रियताको सवाल लगाएतका महत्वपूर्ण मुद्धामा दलहरू एक ठाउँ हुन जरूरी छ ।

प्रधानमन्त्री एव नेकपा अध्यक्ष केपि ओलीले यो र यस्ता मुद्धामा पार्टी भित्र र बाहिर प्रयाप्त छलफल गर्दै नेतृत्व गर्ने र सवैले एकतावद्ध प्रयास गरेमा हामीले राष्ट्रिय स्वाधिनतालाइ जोगाइ राख्न सक्छौ । राष्ट्रिय स्वाधिनता कायम राख्नु पनि गणतन्त्रको संस्थागत विकासको एउटा उपलब्धि र पाटो हो ।

{ हिजो वंस परम्परामा आधारित सामन्ती राजसस्थाको अन्त्य गर्दै जनताका छोराछोरीले नेतृत्व गर्ने अवस्था सृजना गराउनका लागि जसरी नेपालका सवै राजनैतिक शक्तिहरू एक भएर सडकमा उत्रिए र हामिले सफलता प्राप्त गरियौँ । }

आज त्यसैगरी राष्ट्रियताका सवालमा भारतीय हस्तक्षेपका विरूद्धमा फेरि पनि एक भएका छौँ । यसले नेपालमा राजनैतिक दलहरू, लड्न मात्र जानेका छन्, राजनैतिक संस्कार छैन् भन्ने जस्ता यदाकदा उठ्ने गरेका प्रश्नहरूको गतिलो जवाफ दिन सकिन्छ, दिएको छ, र सन्देश दिएको छ कि जब नेपालमा अप्ठ्यारो परिस्थिति आउँछ, त्यति वेला सिंगो नेपाली जनता एक ठाउँमा उभिन्छन् र राष्ट्रिय एकता प्रर्दशन गर्दछन् । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दीगो शान्ती, सुशासन र समृद्ध राष्ट्र निर्माणमा सवै एकतावद्ध भई अगाडि वढ्नु आजको आवश्यक्ता हो । अन्तमा, जनताको शासन व्यवस्था गणतन्त्र स्थापनाका लागि जीवनको आहुती दिने शहिदहरू प्रती हार्दिक श्रद्धाञ्जली ! अंगभंग, घाइते र आन्दोलनमा सरिक सवै नेपालीहरूमा उच्च सम्मान र सवैमा हार्दिक शुभकामना ।

 

लेखक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानका नेता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस