
म पेशाले मनोबिमर्शकर्ता हु । बिगत १६ बर्ष देखि हरेक मानिसहरुमा देखिने बिभिन्न भावनात्मक कठिनाईहरु र समस्याहरु समाधानका लागि काम गरिरहेको छु साथै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका बिषयमा बिभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुलाई तालिमहरु मार्फत म संग भएका ज्ञान तथा सिपहरु प्रदान गर्ने काम पनि गर्दछु । मनोबिमर्शकर्ताको रुपमा काम गरिरहदा सबै साथीहरुलाई एकै ठाउमा ल्याउने र साझा सवालहरुमा संगै काम गर्न संस्था स्थापना गर्ने कुरा आई पश्चात स्थापित नेपाल काउन्सीलर एसोसियसनको महासचिबको जिम्मेवारीमा बिगत लामो समय देखि कार्यरत छु ।
आज सेप्टेम्बर १० अर्थात बिश्ब आत्महत्या रोकथाम दिबसको सन्दर्भमा मनोबिमर्शकर्ता भएको नाताले आत्म हत्या के हो, आत्महत्याको दर किन बढिरहेको छ, यसका कारणहरु के हुन, यसको रोकथामका लागि सरोकारवालाको भुभिका के हुन्छ भन्ने बिषयमा आफ्ना अनुभब तथा सिकाई हरु लेख्ने र तपाईहरु संग पुर्याउने कोशिस गरेको छु ।
आजको बिश्ब परिबेशमा सर्ने रोगका कारण मात्र नभै नसर्ने रोगका कारणले पनि ब्यक्तिहरुको मृत्यु हुने गरेको छ । बदलिदो सामाजिक र आर्थिक परिबेश अनि त्यही परिबेशमा आफुलाई समायोजन गर्न नसक्दा ब्यक्तिहरुमा आउने नैरास्यता,बेखुशि अनि पारिवारिक र ब्यक्तीगत झन्झटहरुका कारण र सबै कुराको सन्तुलन मिलाउन कठिनाई हुदा ब्यक्तिले आत्महत्याको बाटो समाउछ र आफ्नो जिन्दगि सधैको लागि समाप्त पार्छ ।
आत्महत्या गर्नका लागि बिभिन्न कारक तत्वहरुले काम गरिरहेको हुन्छ । मुख्यतया सामाजिक, आर्थिक, पारिवारीक, ब्यबशायिक भित्रका नकारात्मक अनेकौ कारणहरु हुन सक्छन तथा आफु बाच्दाको फाईदाको बारेमा भन्दा मरेपछिको फाईदा धेरै देखेको ब्यक्तीलाई आत्महत्या गर्न प्रेरीत गर्छ । यस कारणले हामी के भन्न सक्छौ भने जे जे कुराले ब्यक्तिलाई आत्महत्या गर्न बाध्य पार्छ तिनै तिनै कुरालेनै आत्महत्या लाई रोक्न पनि सक्छ वा अर्को शब्दमा भन्नु पर्दा समस्या जहा छ समस्याको समाधान पनि समस्या भित्रै छ र समाधान त्यही समस्या भित्र छ ।
बिश्ब स्वास्थ्य संगठनको तथ्यांकलाई हेर्दा बिश्बभर हरेक ४० सेकेन्डमा एक जना ब्यक्तिले आत्महत्या गर्ने गरेको छ । यसलाई आधार मान्दा हरेक २४ घण्टामा ८६४०० सेकन्ड हुन्छ अर्थात हरेक दिन २१६० जना ब्यक्तिहरुले आत्महत्या गर्छ र बार्षिक रुपमा ७८८४०० जना ब्यक्तीहरुले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउने गरेको छ । तर अहिले काभिड १९ को यो असहज अबस्थामा आत्महत्या गर्नेको दर अबस्य अरु सामान्य अबस्थाको बेलामा भन्दा केहि प्रतिशतले बढेकै हुनुपर्छ र तथ्यांकले पनि त्यही देखाउछ ।
नेपाल प्रहरीको तथ्यांकलाइ आधार मान्दा यस बर्ष नेपालमा आत्महत्या को संख्या अधिल्लो बर्ष भन्दा केही प्रतिशतले बढेको पाईन्छ । नेपाल भरिमा यस आर्थिक बर्ष २०७७ अषाढ मसान्त सम्म ६२७९ जना जस अन्तर्गत महिला २१९८ र पुरुष ३४१९, वालक २५२ र वालिका ४१० जनाले आत्महत्या गरेकोे पाईन्छ । यो तथ्यांक भनेको नेपाल प्रहरीमा रेकर्डमा रहेको संख्या मात्र हो तर भौगोलिक अबस्था, पहुच नपुग्नु र अन्य प्राबिधिक झन्झटका कारण केही स्थानमा दर्ता नभएको पनि हुन सक्ने हुदा यसको संख्या केहि बढ्न सक्छ ।
|
एक बर्षको अबधिमा आत्महत्याको विबरण |
|||||
| स्थान | पुरुष | महिला | वालक | वालिका | जम्मा |
| उपत्यका | ३४२ | १८८ | १८ | १० | ५५८ |
| १ नं प्रदेश | ७७२ | ४२५ | ६४ | ८० | १३४१ |
| २ नं प्रदेश | ३१८ | ३१५ | ५६ | १२१ | ८१० |
| ३ नं प्रदेश | ५२९ | ३४५ | २१ | ४० | ९३५ |
| ४ नं प्रदेश | ३५३ | १९६ | १९ | २६ | ५९४ |
| ५ नं प्रदेश | ६७७ | ४१२ | ३१ | ८४ | १२०४ |
| ६ नं प्रदेश | १६६ | ८९ | १८ | १७ | २९० |
| ७ नं प्रदेश | २६२ |
२२८ |
२५ | ३२ | ५४७ |
श्रोत :नेपाल प्रहरी
यो लेख्दा सम्म कोरोनाको कारण नेपालमा ३०८ जनाको मृत्यु भएको छ । तर यहि अबधीमा आत्म हत्याको तथ्यांक हेर्दा २०७६ चैत्र ११ देखि २०७७ जेठ ३१ गते सम्म जम्मा १३५४ले आत्महत्या गरेका छन जसमा महिला ५०४ र पुरुष ७१० जना तथा वालक ५९ र बालिका ९८ जना ले आत्महत्या गरेका छन । सामान्य तथा यसलाई हेर्दा के देखिन्छ भने कोरोनाको कारणले भन्दा आत्महत्याको कारणले मृत्यु हुनेको संख्या ४०० प्रतिशतले बढीरहेको छ ।
| बन्दाबन्दीको अबधी चैत्र ११ देखि जेष्ठ ३१ सम्मको आत्महत्याको विबरण | |||||
| स्थान | पुरुष | महिला | वालक | वालिका | जम्मा |
| उपत्यका | ५२ | ३४ | २ | १ | ८९ |
| १ नं प्रदेश | १२० | ७९ | १२ | १५ | २२६ |
| २ नं प्रदेश | ६८ | ६५ | १९ | २९ | १८१ |
| ३ नं प्रदेश | ११४ | ९० | ५ | ११ | २२० |
| ४ नं प्रदेश | ८६ | ४८ | ७ | १० | १५१ |
| ५ नं प्रदेश | १५० | १०६ | ८ | २२ | २८६ |
| ६ नं प्रदेश | ४५ | २७ | ३ | ४ | ७९ |
| ७ नं प्रदेश | ७५ | ५५ | ३ | ६ | १३९ |
श्रोत : नेपाल प्रहरी
यस्तो डरलाग्दो तथ्यांक हामीले हेरीरहदा यसको ब्यस्थापन र रोकथामको लागि सरकारी तथा गैरसरकारी निकायबाट खासै चासो लिएको र रोकथाम र न्यूनीकरण का लागि केहि पनि कार्यक्रमहरु समुदाय स्तरमा संचालन हुन सकेका छैनन र प्रत्येक बर्ष करिब ७००० जनाले आत्महत्या गरीरहेको डरलाग्दो तथ्यांकमा पनि कहि कतैबाट प्रयाप्त चासो नदेखाउदा अर्को बर्ष यसको संख्यामा अबस्य बृद्धि हुने अनुमान लगाउन गाहे छैन ।
अहिले सम्मानित सर्बोच्च अदालतले नेपाल सरकारलाई कोरोनाका कारण ब्यक्तिहरुले भोगेका बिभिन्न प्रकारका भावनात्मक समस्या भएका तथा तनाव र चिन्ता महशुस गरेका ब्यक्तिलाई सहज रुपले सर्बसाधारण ब्यक्तिले महशुस गर्ने गरि मनोबिमर्श सेवा प्रदान गर्नु भन्ने आदेश पश्चात अस्ती मात्र सम्माननिय प्रधानमन्त्री ज्यूको पनि सरकारका सम्बन्धीत मन्त्रालय लाई मनोबिमर्श सेवाको लागि आबश्यक निर्देशन दिएको हामीले सुनेका छौ । यो दुबै आदेश र निर्देशनले स्थानीय तहका प्रमुख हरुबाट पनि आबश्यक कार्यक्रम तयार पार्न र समुदाय स्तरमा समेत चेतनामुलक कार्यक्रम संचालन गर्नको लागि आबश्यक योजना र बजेट सहितको कार्यक्रम शुरुवात होस भन्ने अपेक्षा गरेका छौ ।